कस्तो अवस्थामा ‘स्पोन्सर’ परिवर्तन गर्न पाईन्छ ?

 

काठमाडौं खाडी मुलुकमा कार्यरत आप्रवासी कामदारको ठूलो चासोमा पर्दछ रोजगारदाता (स्पोन्सर) परिवर्तन कसरी हुन सक्छ भन्ने बारेमा युएईमा कस्तो अवस्थामा स्पोन्सर परिवर्तन हुन सक्छ कस्तोमा सक्दैन ?  युएईको मानव श्रोत एवं नागरिक रोजगार मन्त्रालय ले यस्तो जानकारी उपलव्ध गराएको छः

निम्न अवस्थामा तपाईले नयाँ कार्य अनुमति (वर्क परमिट) पाउन योग्य हुनुहुन्नः

  • तपाईले आफ्नो मूल सीमित कालिन करार पूरा हुनु अगाडी नै तपाईको करारको समाप्ती प्रकृया सुरु गर्नुभएमा
  • तपाईको असीमित करारको सूचना आवश्यकताको पालना गर्न असफल भएमा
  • तपाईले म्याद थप भएको सीमित कालीन करारको समाप्ति प्रकृया शुरु गर्दा तपाईले सूचना वा क्षतिपूर्ति आवश्यकताको पालना नगरेमा
  • तपाई आफ्नो रोजगार समाप्त हुन जाने किसिमले तपाईको कर्तव्यहरु पूरा गर्न वा तपाईको हालको रोजगारदाता प्रति तपाईको दायित्वहरु पूर्ति गर्न असफल हुनुभएको देखिएमा   

निम्न अवस्थामा तपाई नयाँ कार्य अनुमति (वर्क परमिट) पाउन योग्य हुनुहुन्छः

  • तपाईले निश्चित तोकिएको सीमित कालीन करार पुरा गर्नुभयो यसलाई नविकरण गर्ने विचार छैन
  • कुनै म्याद थप भएको सीमित कालीन करार समाप्त गर्दा तपाईले सुचना तथा क्षतिपूर्ति आवश्यकताहरुको पालना गर्नुभएको
  • तपाईको करार असीमित हो भने तपाईले समाप्तीको दफा अनुसार तपाईको हालको रोजगारदातालाई उपयुक्त सुचना दिनुभएको
  • तपाईको रोजगारदाताकहाँ तपाईले जति लामो अवधि काम गरेको भएपनि, तपाईको रोजगारदाताले रोजगार करार अन्तर्गत उसको दायित्वहरु पूर्ति गर्न असफल रहेको छ (, यसको मानव श्रोत एवं नागरिक रोजगार मन्त्रालयद्धारा पुष्टि भएको छ)
  • तपाईको रोजगारदाताकहाँ तपाईले महिना पूरा गरेपछि तपाई तपाईको रोजगारदाताले आपसी सहमतिमा तपाईको रोजगार करार समाप्ती गर्दै हुनुहुन्छ भने
  • यदि तपाई मानव श्रोत एवं नागरिक रोजगार मन्त्रालयको वर्गिकरण अनुसार सीप तह , वा तहमा वर्गिकृत हुनुहुन्छ भनें यो महिनाको सीमामा छुट दिईन्छ यदि तपाईलाई आफ्नो सीप तह थाहा छैन भनें तपाईको रोजगारदाता वा नजिकैको श्रम कार्यालयको श्रम अधिकृतलाई सोध्नुहोस्

यो पनि पढ्नुहोस् 

युएईमा यसरी गर्न पाइन्छ वैधानिक रुपमा पार्ट टाईम काम (आवश्यक कागजातको सूची सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय