पर्यटन, स्वास्थ्य र सेवा क्षेत्रमा नेपाली कामदार आवश्यकः श्रम मन्त्री अल वर्की

 

काठमाडौं, भदौ ७

ओमनका श्रममन्त्री अब्दुल्लाह विन नासिर विन अब्दुल्लाह अल–वर्कीले नेपालसँग श्रम सम्झौता गर्न आफूहरु आतुर रहेको बताएका छन् । नेपालले ओमनसँग श्रमसम्झौता गर्नको लागि मस्यौदा बुझाउने क्रममा उनले त्यस्तो धारणा ब्यक्त गरेका हुन् । 

ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रममन्त्री अल–वर्कीलाई भेट गरी श्रम सम्झौताको मस्यौदा बुझाएकी हुन् । मस्यौदामा घरेलु कामदार र औपचारिक क्षेत्रमा काम गर्ने नेपालीको हित र सुरक्षाका बिषयहरु उल्लेख छ ।

मन्त्रीले ओमन नेपाली कामदार ल्याउनको लागि जतिसक्दो छिट्टो श्रम सम्झौता गर्न तयार भएको वताए । ‘हामीलाई नेपाली कामदारमाथि पुर्ण विश्वास छ । नेपालीहरु निकै इमानदारी र मिहेनती पनि छन्’, मन्त्रीले भने,‘हामी आफैले पनि नेपालसँग श्रमसम्झौता गर्न चाहेका छौं ।’

उनले पर्यटन, अस्पताल, सेवारत क्षेत्रमा पनि नेपालीको आवश्यकता रहेको वताए । ‘श्रम सम्झौतालाई छिटो टुंगाउनको लागि प्राबिधिक समितिले काम अगाडि बढाइहाल्ने छ,’ मन्त्रीले भने ।

ओमनले अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सिद्धान्तअनुसार कामदारको सुरक्षा र हितको पक्ष काम गरेको जनाउदै मन्त्रीले भने,‘कामदारको समस्या समाधान गर्न पनि ओमन सरकारले वलियो संयन्त्र वनाएको छ । गुनासोहरु अनलाइनबाटै लिने गरेका छौं ।’

श्रम सम्झौता भएपछि कामदार पठाउन कानुनी रुपमा बाटो खुल्नेछ । कानुनी रुपमा कामदार आउने वातावरण तयार गर्नको लागि अवैध बाटोबाट घरेलु कामदार ल्याउने कार्य रोक्नुपर्नेमा पराजुलीले जोड दिएकी थिइन् ।

ओमनमा  १५ हजार ९ सय ७० नेपाली कार्यरत छन् । जसमा ५ हजार ९ सय ३४ महिला छन् । झन्डै ९५ प्रतिशत महिलाहरु घरेलु कामदारको रुपमा कार्यरत छन् । कैयन नेपालीहरु अबैध बाटोबाट त्यहाँ पुगेका छन । ओमनमा ४५ लाख ८६ हजार जनसख्या छ । ओमनी २४ लाख ८७ हजार र विदेशी कामदार २१ लाख ६ हजार रहेका छन् । सवैभन्दा बढी बंगलादेशी ७ लाख ४ हजार, भारतीय ६ लाख ८९ हजार र पाकिस्तानी दुई लाख ३५ हजार कार्यरत छन्  । कान्तिपुरबाट

यो पनि पढ्नुहोस् 

युएईमा यसरी गर्न पाइन्छ वैधानिक रुपमा पार्ट टाईम काम (आवश्यक कागजातको सूची सहित)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय