युएईमा यसरी गर्न पाइन्छ वैधानिक रुपमा पार्ट टाईम काम(आवश्यक कागजातको सूची सहित)

दुवई- न्यून तलव कमाई धेरैको चाहनाका बीच युएईमा कसरी थप आर्थिक उपार्जन गर्ने भन्नेहरुका लागि युएईमा कसरी वैधानिक रुपमा पार्ट टाईम (आँशिक समय) काम गर्ने ? जानकारी महत्वपूर्ण हुनसक्छ

युएईमा पार्ट टाईम काम गर्नै पाइन्न भन्ने एकप्रकारको भ्रम जुन सत्य होईन युएईमा कानून अनुसार नै आँशिक समय काम गर्न पाइन्छ

मिनिष्ट्र आफ ह्युमन रिसोर्स तथा ईमिरेतिस्तान ले यस्तो आँशिक समय काम गर्नेहरुलाई अनुमति दिने स्थानीय सञ्चार माध्यमहरुले जानकारीमूलक समाचार लेखेका छन् समाचार अनुसार आँशिक समय काम गर्ने वर्क परमिट प्राप्त गरेपछि आफ्नो निर्धारित समयको काम सकेपछि आप्रवासी कामदारले अन्यत्र काम गनृ पाउँछन्

कसले आवेदन दिन सक्छन्?

अस्थायी वा आँशिक समयका काम गर्ने अनुमति पत्रका लागि निम्नानुसारका व्यक्तिले आवेदन दिन पाउँछन्ः

१.  माथि उल्लेखित मन्त्रालयमा दर्ता रहेका वा लेवर कार्ड, ईमेट्स आईडी प्राप्त व्यक्ति

२. १८ बर्ष माथिका विद्यार्थी

३. सरकारी निकायमा काम गर्ने कर्मचारी

४. ६५ बर्ष भन्दा माथिको उमेरका आप्रवासी कामदारले यस्तो आँशिक समय काम गर्ने अनुमति पाउने छैनन

यसरी प्रदान गरिने अस्थायी अनुमतिपत्रको अवधि एक बर्षको हुन्छ यस्तो अनुमति पत्र अवधि समान्प भएपछि नविकरण हुन सक्दछ

आवश्यक कागजात

१. पासपोर्टको प्रतिलिपि

२. वैध भिषाको प्रतिलिपि

३. एकप्रति पासपोर्ट साईजको फोटो

४. रोजगारदाताले दिएको नो अव्जेक्सन सर्टिफिकेट (एनओसी)

५. ईमिरेट्स आईडी, लेवर कार्डको प्रतिलिपि

६. दुवै कम्पनीले दिएको पत्र (आवश्यक परेमा)

. स्पोन्सरको पासपोर्टको प्रतिलिपि (यदि श्रीमान् वा बाबुले स्पोन्सर गरेको भएमा)

कसरी आवेदन दिने ?

यदि माथि उल्लेखित कागजात साथमा भएमा माथि उल्लेखित मन्त्रालय अन्तर्गतको तसील सेण्टरमा गएर आवेदन दिन सकिन्छ

शुल्क कति तिर्नुपर्छ? 

यसरी आँशिक समय काम गर्न चाहनेहरुले कागजातका साथमा निम्नानुसारको शुल्क बुझाउनु पर्दछः

१. आवेदन शुल्कः १५३ दिराम 

२. आँशिक समय काम गर्ने परिचयपत्रका लागिः ५५३ दिराम (एक बर्षका लागि)

यो पनि पढ्नुहोस् 

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय