काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेसँगै अर्थतन्त्रको मुख्य आधार रहेको रेमिट्यान्स आप्रवाहको वृद्धिदरमा गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स ७.७ प्रतिशतले वृद्धि भएकोमा गत आर्थिक वर्षमा ४.६ प्रतिशतले मात्र वृद्धि भएको छ । गत आवमा विदेश गएका कामदारबाट ६ खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवमा ६ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.७ प्रतिशत घटेपछि रेमिट्यान्समा पनि वृद्धिदरमा प्रभाव देखिएको हो ।
यो पनि पढ्नुहोस्
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सहयोग लिन कुन(कुन कागजात आवश्यक पर्छ ?