बैंक मार्फत रकम नपठाए पुनः स्वीकृति नदिने निर्देशनले तरंग

 

काठमाडौं- नेपालस्थित इपिएस शाखाले हुण्डी मार्फत रकम पठाउने कार्यलाई निरुत्साहित गर्न बैंकिंग च्यानल मार्फत रकम पठाएको प्रमाण नभए कोरियाका लागि पुनः श्रमस्वीकृति नदिने भन्दै

सुचना जारी गरेपछि यसले कोरियामा कार्यरत नेपालीमा तरंग सिर्जना गरेको छ । बढ्दो हुण्डी कारोबार नियन्त्रण गर्ने प्रयास अन्र्तगत इपिएस शाखा, नेपालले नयाँ कडा नियम जारी गरेको हो । इपिएस शाखाले सूचना प्रकाशित गरी आगामी जनवरी १ देखि लागू हुने गरेर बैकिंङ च्यानल प्रयोग नगरी पैसा पठाउने नेपाली कामदार पुनः कोरिया जानबाट बन्चित गर्न सकिने बताएको छ ।

इपिएस शाखाको सूचना जारी भए लगत्तै सामाजिक सञ्जालमा यो विषयले प्राथमिकता पाएको छ । धेरैजसोले बैकिङ च्यानल सर्वसुलभ, सस्तो, झन्झटमुक्त र नेपालको जुन पनि स्थानमा छिटो र सहजै उपलब्ध हुने व्यवस्था मिलाए हुण्डी कारोबार स्वतः विस्थापित हुने धारणा राखेका छन् भने केहिले बैकिङ च्यानलबाट पैसा नेपाल पठाउदा धेरै समय लाग्ने र शुल्क पनि महँगो हुने गरेको गुनासो गरेका छन् । अवैधानिक हुण्डी रहर नभई बाध्यात्मक रहेको टिप्पणी गर्ने पनि प्रशस्त छन् । कोरियामा कार्यरत अधिंकाश नेपालीले हुण्डी मार्फत नेपाल पैसा पठाउदै आएका छन् भने यहाँ आएका नेपाली बैंकले पनि नेपाली कामदारलाई आर्कषण गर्न चाहे अनुरुप सकेका छैन् । यद्यपी पछिल्ला वर्षमा बैंकिङ च्यानल प्रयोग गरेर पैसा पठाउनेको संख्या भने वृद्धि भएको छ ।

इपिएस शाखाले पनि बैकिङ च्यानल सर्वसुलभ, सस्तो र सहज बनाउने तर्फ अग्रसरता देखाए रेमिट्यान्स बढ्नेमा कुनै शंका छैन । यद्यपी सूचना जारी गरेपछि भने बैकिङ च्यानल प्रयोग गर्नेको संख्या बढ्ने सक्ने देखिएको छ ।

यो पनि पढ्नुहोस् 

कतारका अमिरद्धारा श्रमिकको अधिकार पक्षिय कानूनमा हस्ताक्षर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: