एनआरएनए, कुवेतको नेतृत्वमा अर्जुन तामाङ

कुवेत, भदौ ३-

एनआरएनए, कुवेतको पाँचौ राष्ट्रिय अधिवेशन कुवेत सिटीमा भब्य समारोहका बीच सम्पन्न भएको छ । महाधिवेशनले  सन् २०१७ २०१९ को लागि अर्जुन तामाङको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कुवेतका लागि नेपाली राजदूता यज्ञबहादुर हमालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन गर्दै राजदूत हमालले अधिवेशन सफलताको कामना गरे । सो अवशरमा सुुजन केसी, इन्द्र प्रसाद पोख्रेल, कल्याण श्रेष्ठ, खोप गुरुङ, राज कुमार थापा, रमेश किराँती, धुर्व कुमार संग्रौला, जय आले, धिरेन्द्र पन्त, नवराज पन्थी, राजेन्द्र तामाङ लगायतले मन्तब्य  राखेका थिए ।

चौथो कार्यकालको गतिविधि समेटेर स्मारिका समेत विमोचन गरिएको उक्त कार्यक्रममा अमीसा लोप्चन र नेहा राईको नृत्यले सबैको मन जितेको थियो । उक्त समारोहमा २०१५ देखि २०१७ सफल कार्यकालको उच्च सम्मान गर्दै  संरक्षक, सल्लाहकार लगायत सम्पुर्ण कार्य समितिलाई कदर पत्र प्रदान गरिएको थियो । त्यसै गरी राजदूत हमाल र निबर्तमान आइसिसी कोअर्डिनेटर सुजन केसीलाई विशेष सम्मान गर्दै मायाको चिनो प्रदान समेत गरिएको थियो । महाधिबेशनले अर्जुन तामाङको अध्यक्षतामा निर्बिरोध रूपमा नया कार्यसमिति चयन गरेको छ ।

नव निर्वा्चित कार्य समिति यस प्रकार रहेको छः

आइसिसि सदस्यः अमित राई

एनसिसि अध्यक्षः अर्जुन तामाङ

उपाध्यक्षः

अनिल लामा

अमृत बहादुर गुरुङ

सुमित्रा देवी पौडेल 

महासचिवः हरिकुमार लावती

सचिव: उमेश फुयाँल

कोषाध्यक्ष: हर्कबहादुर मोक्तान

युवा संयोजक: गणेशबहादुर रावत

महिला संयोजक:

सुष्मिता लिम्बु

कार्यसमिति सदस्यहरुः

रमेशकुमार राई

अक्कलमाया सुनुवार

उत्तर कुमारी सुनुवार

अमृता बान्तवा

बुद्धिमान तामाङ

सुवास श्रेष्ठ

गोविन्द न्यौपाने

गीता गुरुङ

मुकुन्द कार्की

रेशम बि. क.

शिवकुमार श्रेष्ठ

रमिता तामाङ

निमा ग्याल्बो लामा तामाङ

श्याम कुमार लामा

सुन्दर गिरी

कुमार पुरी

राम जी गुरुङ  

सुनिता ताम्राकार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय