व्यवसायीका अध्यक्ष भन्छन्ः १० हजारमा कामदार पठाउ भन्ने मन्त्रीको दिमाग चेक गर्नुपर्छ 

 

काठमाडौं, भदौ २-

नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुँगले स्वीडेनमा १० हजार लिएर कामदार पठाउ भन्ने मन्त्रीको दिमाग परिक्षण गरिनु पर्ने बताएका छन् । सामाजिक सञ्जालमा उनले यस्तो आक्रामक कुरा पोष्ट गरेका हुन् । उनको पोष्टमा उस्तै आक्रामक प्रतिकृयाहरु सुरु भएको छ ।

यसअघि स्वीडेनबाट नेपाली कामदारको माग ल्याएका व्यवसायीले कामदार पठाउँदा लिन पाउने शुल्क बढाउन आग्रह गरेका थिए । तर श्रम मन्त्री फरमुल्लाह मन्सुरले यसअघि नै बैदेशिक रोजगारमा कामदार पठाउँदा बढीमा १० हजार भन्दा बढी लिन नपाउने व्यवस्था भइसकेको भन्दै त्यसलाई ईन्कार गरेका थिए । यहि पृष्ठभूमिमा व्यवसायीका अध्यक्षको यस्तो आक्रामक भनाई आएको हो ।

यो पनि पढ्नुहोस् 

कतारका अमिरद्धारा श्रमिकको अधिकार पक्षिय कानूनमा हस्ताक्षर

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय