कतारका अमिरद्धारा श्रमिकको अधिकार पक्षिय कानूनमा हस्ताक्षर

 

दोहा, भदौ २-

कतारमा कार्यरत कामदारको गुनासोको सुनुवाई अव चाँडै हुने भएको छ । यहि हप्ता कतारका अमिरले यस्तो एक कानूनमा हस्ताक्षर गरेपछि यस्तो व्यवस्था हुने भएको हो ।

दोहा न्यूजका अनुसार कतारको श्रम ऐन, २०१७ को कानून नं १३ अनुसार कामदारको गुनासो सुनुवाई तथा त्यसको निक्र्यौल गर्न अदालती अधिकार सहितको कमिटी बनाएकोे छ । यस कमिटीले कतारमा कार्यरत सवै कामदारको गुनासो हेर्ने समाचारमा जनाइएको छ । यसअघिको कानून अनुसार घरेलु कामदार, सवारी चालकहरु तथा सुरक्षा गार्डहरुलाई यस ऐनले नसमेट्ने समाचारमा जनाइएको छ ।

यो कमिटी कतारको प्रशासनिक, श्रम र सामाजिक सम्वन्ध मन्त्रालय मातहत हुनेछ । यस कमिटीमा उजुरी हालिएको तीन हप्ता भित्रमा त्यसको निरुपण भइसक्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस् 

कति छ रियाल, दिराम, रिंगिट र दिनारको मूल्य ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय