एनरआएनएले सप्तरीमा वितरण गर्ने भयो राहत, स्वास्थ्य शिविर पनि चलाउने

काठमाडौं, भदौ १-

गैरआवासीय नेपाली संघ(एनआरएनए)ले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत बितरण गर्ने भएको । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले गृहमन्त्री जनार्दन शर्मावीच बिहीबार बिहान काठमाडौंमा भएको छलफलमा गृहमन्त्री शर्माले एनआरएनलाई सप्तरी जिल्लामा केन्द्रीत हुन आग्रह गरेको एनआरएनएकी प्रवक्ता रञ्जु थापा वाग्लेले जनाएकी छन्  

गृहमन्त्री शर्माले बाढीपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघले देखाएको अग्रसरताको प्रशंसा गर्दै सप्तरी जिल्लामा राहत बितरण गरिदिन आग्रह गरेका हुन्

एनआरएनए अध्यक्ष घलेले हाल राहत सामग्री खरिदको प्रकृया चलिरहेको जानकारी दिँदै एक दुई दिनमै राहत वितरणका लागि सप्तरी पुग्ने जानकारी गराएका थिए गृहमन्त्री शर्माले प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा पीडितलाई राहत वितरण गर्न सुझाव दिए

भेटपछि अध्यक्ष घलेले सरकारको आग्रहअनुसार नै स्थानीय प्रशासनसँगको समन्वयमा प्रभावकारी राहत वितरण गरिने बताए एनआरएनएले घर बगाएका पीडित परिवारलाई त्रिपाल तथा छोटो समयका लागि खाद्य सामग्रीसमेत वितरण गर्ने तयारी गरेको घलेले जानकारी दिए   बाढीपछि फैलिनसक्ने प्रकोपलाई ध्यान दिँदै एनआरएनएले स्वास्थ्य शिविर स्थापना गर्ने जानकारी दिँदै अध्यक्ष घलेले सो अभियानमा स्वयंसेवीरुपमा सहभागी हुन स्वास्थ्यकर्मीहरुलाई आह्वान गरे  

मुलुकमा बाढीको प्रकोप सुरु हुनासाथ गैरआवासीय नेपाली संघले आपतकालिन राहत कोष स्थापना गरी रकम संकलन अभियान सञ्चालन गरेको थियो एक साताभित्र करिव दुई करोड रुपैयाँ संकलन गरी पीडितलाई राहत वितरण गर्ने गैरआवासीय नेपाली संघको योजना अन्र्तगत गृहमन्त्रीसँग छलफल भएको हो

यो पनि पढ्नुहोस् 

साउदीमा कमाएर फर्केपछि क्याम्पस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय