यस्तो अवस्थामा म पुनः कतार जानु ठिक हो की होइन ?

प्रश्नः मेरो नाम श्रीप्रसाद दर्लामी हो । घर नवलपरासी । म ५ बर्ष अघि अर्कै मान्छेको पासपोर्टमा फोटो परिवर्तन गरेर कतार गएको थिएँ । दुई बर्ष मैले त्यहाँ काम गरेर फर्के । म पुनः कतार जान चाहन्छु । तर पहिले मेरो फिंगरप्रिन्ट पनि लिइएको र आँखाको पनि एक्सरे गरिएका कारण मलाई कुनै अप्ठ्यारो पर्छ की भनेर डर लागेको छ । के म जान हुन्छ वा हुन्न होला, उत्तरको अपेक्षा गर्दछु । 

उत्तरः तपाईको फिंगर प्रिन्ट लिइएको र आँखाको नानीको पनि रेकर्ड राखिएका कारण तपाई पुनः कतार नजानु नै उपयुक्त हुन्छ । अन्यथा तपाईलाई कतारमा उत्रिइसकेपछि अध्यागमन कार्यालयमा पुरानो रेकर्ड देखिने र त्यसले तपाईको पहिलेको नाम र हालको नाम फरक पर्न गई समस्या आइपर्न सक्छ ।

यो पनि पढ्नुहोस्

मैले युएईमा काम थाल्नु अघि के कुरामा हस्ताक्षर गर्नुपर्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय