बाढी पीडितका लागि सहयोग गर्न युएईमा जुटे चितवनेहरु

रमेश क्षितिज, युएई-

दुबईस्थित चितवनबासिहरुको सामाजिक संस्था चितवन समाज युएईले यसपालिको तिजमा गरिने सम्पुर्ण खर्च कटौती गर्दै जिल्लाका बाढी प्रभावितहरुको लागि गत अगष्ट १३ तारिखदेखि राहत संकलन गरिरहेको समाजका अध्यक्ष तथा बाढी पिडित राहत संकलन तथा सहयोग आव्हान कार्यक्रमका संयोजक गणेश न्यौपानेले संस्थाको बार्षिक कार्यतालिका अनुसार तिज पर्व मनाउने तयारी गरेकै बेला १२ तारिख शनिबारबाट परेको भिषण बर्षाले आईतबार देखी चितवनका पुर्बी तथा पश्चिम भेगमा पुर्याएको ठुलो क्षतिका कारण आफु संस्थाका सदस्यहरु खुशी भएर रमाईलो गर्ने नसक्ने भन्दै राहत संकलन अभियानमा जुटेको बताएका छन

मुलुकका पुर्बी तथा पश्चिमका जिल्लाहरु तराईका बिभिन्न जिल्लामा बाढिले गरेको डुबान घरबारविहिन हुन पुगेका नेपालीहरुको यस्तो संकटले अत्यन्तै दुखित तुल्याएको समेत उनले बताए

आफ्नो जिल्लामा बाढीले प्रभाव पारेको थाहा पाउने बित्तिकै राहत संकलनका लागि संस्थाको सामाजिक सञ्जाल फेसबुक मार्फत तुरुन्तै सुचना जारी गरी सहयोगका लागि आव्हान गरेकोमा अहिलेसम्म ५० जना भन्दा बढी सहयोगी दाताहरुले सहयोग गरेको पनि न्यौपानेले बताएका छन चितवन जिल्लाका बाढिपीडितहरुका राहतका लागि गरिएको सहयोग आव्हानमा खासगरी जिल्लाबासी छिमेकी जिल्लाबासिहरुले समेत सहयोग उपलब्ध गराए पछी संस्थाको फेसबुक मार्फत नै खुशी एवम् आभार ब्यक्त समेत गरेको  

न्यौपानेका अनुसार राहत संकलन आउँदो शुक्रबार अगष्ट १८ तारिखसम्म मात्र गरीने शुक्रबार नै संकलित रकम चितवन पठाईने भएको शुक्रबारसम्म सहयोग गर्न ईच्छुक तथा छुटेकाहरुका लागि युएईका बिभिन्न राज्य तथा दुबईका भिन्न भिन्न ठाउँहरुमा रहेका सम्बन्धित ब्यक्तिहरु क्रमशः गणेश न्यौपाने, सारजाह ०५५३१४९९५८, अरुण बाबु सुबेदी, आबुधाबि  ०५५२३२७३८०, पर्शुराम घिमिरे, अलकुज ०५०१४४२५२०, जगत क्षेत्री रसिदिया ०५६६०७०१३२ मदन अधिकारी बरदुबई ०५५२२०४०९९ मा सम्पर्क गरी सहयोग गर्न सकिने बताईएको

बिपद्को यो घडिमा सबैले आ-आफ्नो ठाउँबाट सहयोग गरी मानवता प्रस्तुत गरिदिन समेत समाजले अनुरोध गरेको बाढिका कारण चितवनका खासगरी पुर्बी क्षेत्र तथा पश्चिमका अन्द्रौली, जितपुर्, साझापुर्, घैलाघारी माडिमा बढी असर परेको

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: