२२ बर्षिया नेपाली युवतीको रहस्यमय मृत्यु

काठमाडौं, साउन ३१साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्। पछि मेडिकल जाँचमा उनको मृत्यु भइसकेको देखिएको थियो। 

गैरआवासीय नेपाली संघ साइप्रसले मृत्त युवती रामेछाप जिल्लाकी यमुना खपांगी मगर रहेको जनाएको छ। साइप्रस समाचार एजेन्सी साइपोर्न सिग्मल नेटवर्कका अनुसार मृत्त मगरलाई उनीसँगै कार्यरत साथीहरूले अचेत अवस्थामा फेला पारेका थिए। तत्कालै एम्बुलेन्स बोलाए नजिकैको अस्पताल लगिए पनि उनको मृत्यु भएको एजेन्सीले जनाएको छ। उनको मृत्यु रहस्मय देखिएको छ। नागरिकबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय