कति छ रियाल, दिराम, रिंगिट र दिनारको मूल्य 

  

काठमाडौं, साउन ३१-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ९ पैसा र विक्रि दर २८ रुपैंयाँ २५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १ पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४४ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ८२ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ९६ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ९४ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ९३ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ३० पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ८९ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

अलपत्र २९ जनाको आग्रह कि काम देउ, कि घर फर्काइदेउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय