‘हायर एण्ड फायर मान्य छैन’

 

काठमाडौं, साउन ३०-

पेशागत महासंघ नेपालले हालै संसदबाट पारीत श्रम विधेयक अपूर्ण रहेको भन्दै त्यसले श्रमिकको अधिकार कुण्ठित गर्ने बताएको महासंघको साउन २८ २९ गते बसेको राष्ट्रिय समितिको चौथो पूर्ण वैठकले यस्तो प्रस्ताव पारीत गरेको हो

महासंघका महासचिव विष्णु लामिछानेद्धारा जारी प्रेस विज्ञप्तीमा हालै पारित श्रम ऐनमा, श्रमिक कर्मचारीको सेवा सुरक्षा नहुने गरी लागु गरिएको श्रमिक शब्दको संकुचित परिभाषा सच्याउन आग्रह गरिएको यसैगरी नो वर्क नो पे, हायर एण्ड फायर, आउट सोर्सिङ जस्ता प्रावधानलाई हटाई श्रमिक मैत्री बनाउन टे« युनियनहरुको सुव्यवस्थित ढंगले सञ्चालन गर्ने गरी शीघ्र टे« युनियन ऐनमा सुधार गर्न माग गरिएको

यसैगरी बैठकलेसंविधान संशोधनका क्रममा श्रमिक वर्गको संघ प्रदेशको संसदमा श्रमिक वर्गको १०% प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेको संवैधानिक अंगको रुपमा राष्ट्रिय श्रम आयोग, राष्ट्रिय शिक्षा आयोग राष्ट्रिय शिक्षक सेवा आयोगको गठन गर्न वैधानिक तवरले हडताल गर्न पाउने श्रम सम्बन्धी हकको सुनिश्चित गर्न पनि महासंघले माग गरेको  

सरकारी निकायमा रहेका जिम्मेवार पदाधिकारीहरुबाट स्थानीय तहमा कर्मचारीहरुलाई टे« युनियन अधिकारबाट वञ्चित गर्ने जस्ता अभिव्यक्ति आइरहेको भन्दै महासंघलेसम्पूर्ण श्रमिकहरुलाई संविधानतः प्राप्त टे« युनियन अधिकारको सुनिश्चितताको लागि खवरदारी गरिएको

यो पनि पढ्नुहोस् 

श्रम विधेयक संसदबाट पारीत, श्रमिकलाई धेरै सुविधा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय