अलपत्र २९ जनाको आग्रह ‘कि काम देउ, कि घर फर्काइदेउ’

 

सुखिलाल चौधरी, उदयपुर, साउन ३०-

रोजगारीको लागि साउदी अरब पुगेका उदयपुरका चार जना सहित २९ नेपालीले तीन महिनादेखि तलव नपाएर अलपत्र परेका छन् साउदी अरबको दमाम शहरको बिल्डीङ्ग ग्रुप कम्पनीमा कार्यरत उदयपुर चौदण्डीगढी नगरपालिका१० का युवराज थापा, त्रियुगा नगरपालिका का दुर्गानारायण श्रेष्ठ रुद्धबहादुर वस्नेत, रौतामाई गाउँपालिका पोखरी सल्लेका राजन कार्की सहित २९ नेपाली अकमा तथा तलव नपाएर अलपत्र परेका छन्

गत चैत्र २९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल हुँदै बैदेशिक रोजगारको शिलसिलामा साउदी अरबको दमाम शहरको बिल्डीङ्ग ग्रुप कम्पनीमा क्लिनिङ वर्करका लागि काम गर्न गएका उनीहरु अहिले अकमा तथा तलब समेत नपाएर अलपत्र परेको युवराज थापाका भाई दिनेश थापाले बताए दिनेश थापाका अनुसार काम गर्ने कम्पनीले सेवा सुविधा सहितको तलब नदिएको भन्दै उनीहरूले आफन्तसँग सामाजिक सञ्जालमा दुःख व्यक्त गर्न थालेका छन्

सिनामंगल काठमाडौं स्थित साउण्ड लाइन्स रिकुमेन्ट प्रा.लि.को उदयपुर एजेन्ट नेत्र सुब्बा मार्फत साउदी अरव गएपनि छोराले कमाउन नसकेको मात्र नभई परदेशमा अलपत्र परेको भन्दै उनको उद्धार गरिदिन अलपत्र परेका दुर्गानारायण श्रेष्ठका ७५ वर्षिय बाबु हर्क श्रेष्ठले आग्रह गरे

उनले भनेआफुले चर्को व्याजमा ऋण काढेर छोरोलाई विदेश पठाउन एजेन्ट सुब्बालाई एक लाख हजार दिएँ, तर अहिलेसम्म काम गर्ने कम्पनीले छोरालाई एक रुपैया पनि दिएको छैन, उल्टै अलपत्र पारेको खवरले चिन्तित बनाएको ।”

उनले छोरालाई कि काम गरेको पैसा दिनु ¥यो नत्र साहुबाट ऋण काडेर लिएको पैसाको व्याज सहित छोरालाई घरसम्म ल्याउनलाई पहल गरि दिन भन्दै जिल्ला समन्वय समिति उदयपुरद्वारा संचालित सुुरक्षित आप्रवासन (सामी) परियोजनामा निवेदन दिएका छन्

नेपाल सरकारले फ्रि भिसा फ्रि टिकट भने पनि काम तलब राम्रो हुने आश्वासन दिएर उदयपुरका एजेन्ट सुब्बाले लाख हजारका दरले रकम लिएर साउदी अरब पठाएको पीडितका आफन्तहरुले बताएका छन्   ‘काम गर्न गएको कम्पनीले नेपालमा भने जस्तो सेवा सुविधा दिएन’, साउदीमा लपत्र परेका रुद्रबहादुर बस्नेतले फोन सम्पर्कमा भने, ‘चार महिना बित्न लाग्दा समेत अकमा कार्ड तथा तलब पनि दिएको छैन सम्झौतानुसारको सुविधा पनि दिएको छैन शुरुको एक महिनामा काम नदिई त्यसै बसेको तर पछिल्ला दिनमा काम दिए पनि अकमा कार्ड तथा तलब नदिएको बस्नेतले बताए

सेवा सुविधाको कुरा गर्दा उल्टै कम्पनीले धम्की दिदै तिमिहरुलाई किनेर ल्याएको हो भन्दै तलब नपाउने भन्दै निकाली दिने गरेकोले अहिले १० दिन देखि आफूहरू सहित २९ जना अलपत्र परेको बस्नेतले फोनमा बताए खाने, बस्ने व्यवस्था सहित १२ सय साउदी रियाल तलव दिने सम्झौता भएको थियो’, पीडित राजन कार्कीले भने, ‘तर साउदी पुगेपछि आठ सय रियाल मात्र पाईने अरे, त्यो पनि चार महिना बित्न लाग्दा समेत पाइएको छैन उनका अनुसार क्लिनिङ वर्करका लागि भनेर त्यहाँ पुगेका उदयपुर, सिरहा, सप्तरी, मोरङ, सुनसरी, लमजुङ, कास्की, धादिङका नेपाली अलपत्र छन्

हामी सवै जना दुईटा सानो कोठामा कोचाकोच गरेर बसिरहेको छौं साँघुरो कोठामा, खानेपानीको पनि समस्या ”, पीडित कार्कीले  भने, “किनेर खाने पैसा समेत नहुँदा अरुसँग सहयोग मागेर भए पनि गुजारा गरिरहेका छौँ

पीडितका अफन्तहरुका अनुसार मेन पावर एजेन्ट सुब्बालाई आफन्त विदेशमा समस्यामा परेको कुरा बताउँदा सुनुवाई नगरेको उल्टै धाक धम्की दिने गरेका छन् त्यसैले आफूहरुले सहयोग पाऊँ भनि जिल्ला समन्वय समितिद्धारा संचालित सामी परियोजनामा निबेदन दिएको उनीहरुले बताए

यस विषयमा एजेन्ट नेत्र सुब्बाले फोनमा आफू काठमाडौंमा रहेको पछि कुरा गर्ने भन्दै फोनमा कुरा गर्न चाहेनन्

यो पनि पढ्नुहोस् 

साउदीमा कमाएर फर्केपछि क्याम्पस

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय