घनश्याम पराजुली, दोहा-
कतारमा स्थापित पुरानो समाजिक संस्था चितवन यूवा समुहको १४औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बालकृष्ण पौडेलको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा लालबहादुर भट्ट, दित्तीयउपाध्यक्षमा श्याम भुषाल , महासचिवमा प्रकाश अर्याल, सचिवमा सुरज अर्याल, कोषाध्यक्षमा गोकुल तिमिल्सिना र सह–कोषाध्यक्षमा वीर बहादुर गुरुङ्ग सर्वसम्मत चयन भएका हुन ।
अधिवेशनले युवा संयोजकमा नवराज श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमधुलाल श्रेष्ठ, अनिश नकर्मी, श्यामभक्त ढकाल, रामबहादुर श्रेष्ठ, पुष्पराज पाठक, बिजय चौधरी, सतिश भट्ट, बालकृष्ण थापा, युवराज शर्मा, घनश्याम पराजुली र शान्ता थपलिया चयन भएका छन ।
अनेकतामा एकता चियूसको विशेषता भन्ने नाराका साथ सन् २००१ मा कतारमा स्थापना भएको चितवन यूवा समूह कतारले प्रवास साथै मातृभुमीमा सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सस्थाका सस्थापक अध्यक्ष तथा गैर आवासिय नेपाली संघका पुर्ब उपाध्यक्ष सागर नेपालले नेपालीहरुको रोजगारीको प्रमुख गन्तव्य बनेको कतारलाई दोश्रो घर सम्झीनु पर्ने बताए । नेपालीहरुले खाडी मुलुकको क्रर्म भुमीमा लगनशिलताको उदाहरण दिएको बताउदै उनले भने ‘प्रवासमा हामी अनुशासनमा रही आफ्नो स्वास्थ्यको ख्याल गर्दै नेपालको पहिचान बनाउने काम गर्नुपर्छ ।’
अधिवेशनमा खुल्ला सत्रको समापन गर्दै सभापती भुमिराज कार्कीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रबाट संस्थालाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नेपालको पर्यटन प्रवद्र्धन
चितवन युवा समुह कतारको १४औ राष्ट्रिय अधिवेशनमा उपस्थित विभिन्न देश तथा समुदायका प्रतिनिधीहरु माझ नेपालको पर्यटन प्रवद्र्धनका लागि कार्यक्रम गरियो । पोष्टरहरु मार्फत नेपालको पर्यटकिय स्थलहरुको बारेमा जानकारी दिएको थियो ।