युएईमा शुरु भयो तिजको रौनक

 

लक्ष्मण सापकोटा, युएई-

नेपाली नारीहरुको महान पर्व हरितालीका तिजको अवसरमा युएईको आवुधाविमा शुक्रवार तिज विशेष कार्यक्रम सम्पन्न भएको प्रवासी नेपाली मंच आवुधावी राज्य कमिटीले प्रवासी नेपालीहरुको सहयोगार्थ कार्यक्रम आयोजना गरेको हो कार्यक्रममा चर्चित लोक गायक वद्रि पंगेनी गायिका प्रिया भण्डारी सहित युएईमा कार्यरत नेपाली कलाकारहरुले पनि आफनो प्रस्तुति राखेका थिए

आफ्नो चर्चित गितमुस्ताङको स्याउ कुहीयो जुम्लाको स्याउ कुहीयोभन्दै स्टेजमा उत्रीएका वद्रि पंगेनीले आधा दर्जन भन्दा वढि गित प्रस्तुत गरे प्रायः कार्यक्रममा मनोरञ्जनात्मक गित भन्दा वढि सन्देशमुलक गित प्रस्तुत गर्नेे पंगेनिले यस कार्यक्रममा भने ठट्यौली गित पनि प्रस्तुत गर्दै दर्शकलाई नचाए   कार्यक्रममा अर्की चर्चित गायिका प्रिया भण्डारीले तिजको गित प्रस्तुत गर्दा नेपाली महिलाहरु खुलेर नाचेका थिए  

प्रवासी नेपाली मंच आवुधावी राज्य कमिटीका अध्यक्ष पुष्कर शर्मा जम्मरकट्टेलको सभापतित्वमा तथा युएईका लागी नेपाली राजदुत नेत्र वहादुर टन्डनको प्रमुख आतिथ्यतामा सम्पन भएको कार्यक्रममा युएईका रहेका स्थानिय कलाकारहरुले पनि आफ्नो प्रस्तुति राख्दै दर्शकलाई नचाएका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: