एनआरएनए आईसिसि सदस्यमा कतारबाट कुमार कार्कीको उम्मेद्धारी घोषणा

  

दोहा, साउन २७गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी १८ अगष्टमा आयोजना हुने महाधिवेशनवाट चयन हुने २०१७२०१९ कार्यकालका लागि कुमार कार्कीले आईसिसि सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन्

संघका गतिविधिमा सकृय रहँदै आएका कार्की सन् २००६ देखि निरन्तर राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न तहमा काम गर्दै आएका छन् संस्थागत पदिय जिम्मेवारी वहन गर्ने क्रममा कार्कीले एनआरएनए एनसिसि कतारको २००६२००९ को कार्यकालमा कार्यसमिति सदस्य, २००९ को अधिवेशनमा निर्वाचन संयोजक, २०१३२०१५ को कार्यकालमा प्रथम उपाध्यक्ष २०१५२०१७ को कार्यकालमा सल्लाहकार संयोजकको पदिय जिम्मेवारी निर्वाह गरि सकेका छन्

यसका अलावा कतारको सामाजिक अभियानमा विभिन्न संस्थाहरुमा संलग्न भई सामाजिक अभियान अग्रणि भुमिकामा रहँदै आएका छन् कार्की हाल कतारको अग्रणि संस्था मोरङसुनसरी सेवा समाज, नेपाल पत्रकार महासंघ, अन्तराष्ट्रिय साहित्य समाज कतार, तेह्रथुम सेवा समाजको सल्लाहकारको रुपमा समेत कार्यरत छन् कार्कीले नेपाल पत्रकार महासघ शाखा कतारको अध्यक्षको रुपमा २००९ देखि २०११ सम्म सफलतापुर्वक काम गरि सकेका छन्

समाजको गुणस्तर विकास, युवा शसक्तिकरण युवा उद्यमशिलता, नेपाली साहित्य विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका कार्की एनआरएन अभियानमा राम्रो दख्खल राख्ने गर्छन् यथेष्ट संस्थागत अनुभव, कार्यदक्षता, नेतृत्व कुशलता साथै सामाजिक कार्यमा अत्यन्त मेहनति युवा उम्मेद्धार काकीको उम्मेद्धारी नेपाली समाज कतारको लागि महत्वपुर्णं उम्मेद्धारीको रुपमा लिएका छन्

कार्कीले सामाजिक संजाल मार्फत उम्मेद्धारीको सार्वजनिकिकरण गर्दै  उद्देश्य, प्रतिवद्दतालाई आधारसहित पेश गरेका छन् ।  

 

उनको प्रतिवद्धता यसप्रकारको छः

गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको सदस्य पदका मेरो उम्मेद्धारी

आदरणिय गैरआवासिय नेपाली संघका अग्रज अभियन्ता ज्यूहरु तथा एनसिसि कतारका परिषद सदस्य मित्रहरु,

हार्दिक नमस्कार

गैरआवासिय नेपाली अभियान नेपाल वाहिर रहेका नेपालीहरुको साझा अभियान हो यस अभियानलाई नेपाल वाहिर नेपाल भित्रका नेपालीहरुको साझा अभियानको रुपमा विकास गर्नु साथै नेपालको समृद्दिमा यसको सदुपयोग गनु हामी सवैको कर्तव्य हो समृद्द नेपाल निर्माण गर्ने संघको उद्देश्य प्राप्ति गर्न प्रशस्त चुनौति उत्तिकै सम्भावनाहरु छन् यस अभियानलाई व्यवहारिक वैज्ञानिक तवरले समयानुकूल बनाउनु हामी सवैको दायित्व हो सन् २००३ मा यस संघको स्थापना गरि विदेशमा रहेका समग्र नेपालीहरुको साझा स।स्था वनाउने अभियानको थालनी गर्ने अग्रजहरु विशेष गरि कतारमा यस अभियानलाई थालनी गर्ने एनसिसि कतारको स्थापना गर्ने अग्रजहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु  

यस संघको जिम्मेवार सिपाहि भएको हैसियतले संस्थागत पदिय अनुभव सँगाल्ने क्रममा सन् २००६ देखि निरन्तर राष्ट्रिय समन्वय परिषद कतारको विभिन्न तह तप्कामा काम गर्दै आईरहेको कुरा यहाँहरुलाई विदितै संस्थागत पदिय जिम्मेवारी वहन गर्ने क्रममा एनआरएनए एनसिसि कतारको २००६२००९ को कार्यकालमा कार्यसमिति सदस्य, २००९ को अधिवेशनमा निर्वाचन संयोजक, २०१३२०१५ को कार्यकालमा प्रथम उपाध्यक्ष २०१५२०१७ को कार्यकालमा सल्लाहकार संयोजकको पदिय जिम्मेवारीलाई सफलतापुर्वक निर्वाह गर्दै आईरहेको छु यसका अलावा कतारको सामाजिक अभियानमा विभिन्न संस्थाहरुमा संलग्न भई सामाजिक अभियानलाई निरन्तरता दिदैं आई रहेको छु सो को निरन्तरता स्वरुप गैरआवासिय नेपाली अभियानलाई संस्थागत, सामूहिक समय सापेक्ष नेतृत्व प्रदान गर्नलागि आगामी १८ अगष्ट २०१७ देखि प्रारम्भ एनसिसि कतारको सातौं महाधिवेशनमा २०१७२०१९ सम्मको कार्यकालका लागि कतारवाट आईसिसि सदस्य पदका लागि उम्मेदवारी दिन निर्णय गरेको छु । 

यो पनि पढ्नुहोस् विदेशमा वेपत्ता हुँदाको पीडाः ऋण त थियो नै त्यसमाथि पीर पनि थपियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: