मलेसियामा प्रहरीद्धारा छापा मार्ने र धरपकडको काम तिव्र

काठमाडौं, साउन २७-

मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाई गरेको छ । पछिल्लो समय उनीहरुमाथिको खोजी अभियानलाई थप तीब्रता दिंदै उनीहरु लुकेर बसेको हुनसक्ने ठानिएका सम्भावित ठाउँहरुमा छापा मार्ने र पक्राउ गर्ने कार्यलाई तिब्रता दिइएको जनाइएको छ ।

गैरकानुनी अवस्थामा रहेका आप्रवासी कामदारलाई बैधानिकता दिन यसअघि पटक–पटक ‘दर्ता कार्यक्रम’ संचालन गरिसकेको मलेसियाले त्यस्तो कार्यक्रममा सहभागी नभई बैध अनुमतिबिनै मुलुकमा बसोबास गरिरहेका आप्रवासीलाई पक्राउ गर्न गत जुलाई १ देखि देशव्यापी अभियान संचालन शुरु गरेको थियो ।

स्थानीय संचारमाध्यमका अनुसार त्यसयता करिब ५ हजारभन्दा बढीको संख्यामा त्यस्ता आप्रवासीहरु पक्राउ परीसकेका छन् । ती बाहेक सयभन्दा बढी रोजगारदाताहरु छन् । पक्राउ पर्नेमा आप्रवासी कामदार, विद्यार्थी, रोजगारदाता लगायत छन् । तीमध्ये बहुसंख्यक आप्रवासी कामदार रहेका छन् ।

मलेसियाले पछिल्लो समय दैनिकजसो त्यस्ता आप्रवासीको व्यापक खोजी गरी पक्राउ गर्दै आइरहेको छ । आप्रवासी कामदारका जमघट हुने ठाउँदेखि उनीहरु लुकेर बस्नसक्ने सम्भावित ठाउँहरु अध्यागमन अधिकारीहरुको निशानामा परेका छन् । मलेसियाली अध्यागमन विभाग, प्रहरी लगायत विभिन्न ६ सरकारी निकायका अधिकारीहरुको संयुक्त टोलीले उनीहरुको खोजी गरि पक्राउ गर्ने अभियान जारी राखीएको जनाइएको छ ।

मलेसियाली अधिकारीहरुले गैरकानुनी आप्रवासीको खोजी अभियान अन्तर्गत गत साता आप्रवासी कामदारको जमघटको प्रमुख थलोमध्येको एक मानिने राजधानी क्वालालम्पुरको जलान सिलाङ, लेबु पासार, मस्जिद ईण्डिया लगायत क्षेत्रमा धरपकड अभियान संचालन गरेको थियो । तीमध्ये कतिपय स्थानमा दैनिकजसो खोजतलासी गर्ने गरिएको छ । कान्तिपुरबाट

यो पनि पढ्नुहोस् 

प्रवासी नेपाली मञ्चले भेट्यो राजदूतलाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय