भिजिट भिषामा जाँदा आजिवन प्रतिवन्ध

 

काठमाडौं, साउन २६-

चितवनका प्रेम पाण्डेले भिजिट भिषामा युएई ल्याएर अलपत्र परिएका जना नेपाली युवाहरु जीवनभर युएई प्रतिबन्ध (लाइफ ब्याण्ड) को सजाय पुर्जी बोकेर बुधबार नेपाल फर्किएका छन

दाङका कुल केसी, रुकुम सिम्लेका प्रेम प्रकाश केसी कचनापुर बाँकेका लोकबहादुर डाँगी बुधबार राती एअर अरेवियाको उडानबाट नेपाल फर्किएका हुन् ठमेलमा रहेको अर्थलाइन क्रोमोज ट्राभल्समार्फत दुई लाख देखी तीन लाख असी हजार सम्म तिरेर भिजिट भिषामा युएई आएका उनीहरुको भिषा सकिएर ओभर स्टे भएको थियो

दलालले कानुनी प्रक्रिया पुरा गरेर जरीवाना तिरेर प्रतिबन्ध हटाउने प्रतिवद्धता दुतावासमा गरे पनि उनीहरुलाई एक दिन युएई प्रहरीमा राखेर जीवन भरलाई प्रतिबन्धको कागज बोकेर नेपाल फर्केका हुन् तर, उनीहरुलाई नेपाली राजदुतावास युएईकी श्रम सहचारी हिरा यादवले प्रतिवन्ध फुकुवाको लागि पहल गरिदिने आश्वासन दिएको बताए

नेपाल फर्कनु अघि पीडितहरुले नेपाल गएर दलालका विरुद्ध उजुरी दिने बताए पीडित कुल केसीले भने,–“दलालले हामीलाई मानसिक शारिरिक यातना दिएको ,त्यसको न्याय खोज्न सम्बन्धित निकायमा जानेछौ दलालको पछि लागेर अवैधानिक तरिकाले आउँदा धेरै समस्याहरु भोगेको बताउने उनीहरु ठग, दलालको बहकाउमा लाग्न नहुने बताए उनीहरु मध्ये कन्चनपुर बाँकेका लोकबहादुर डाँगीकी आमाको मृत्यु हुँदा पनि दलालले गरेको ढिलाइका कारण उनी नेपाल फर्कन पाएका थिएनन्

उनीहरु सँगै आएका बाँकी १५ जना दुइ हप्ता पहिले नेपाल फर्किएका थिए भने एक जना मंगलबार मात्र नेपाल फर्किएका थिए युएईमा रहेको दलालले विभिन्न धम्की मानसिक यातना सहेर रहेका थिए दलालले पटक पटक नेपाल फर्काउने बाचा गरे पनि विभिन्न बाहानामा समय सार्दै गइरहेको थियो  यो समाचार नयाँ पत्रिकामा युएईबाट लक्ष्मण खनालले लेखेका हुन् 

यो पनि पढ्नुहोस् 

‘रोजगारी पनि नदिने, आफैं गरिखान्छु भन्दा पनि नदिने गर्न पाईन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: