कति छ रियाल, दिराम, रिंगिट र दिनारको मूल्य ? 

काठमाडौं, साउन २५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ८८ पैसा र विक्रि दर २८ रुपैंयाँ ५ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६४ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ८० पैसा छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २३ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ६९ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ८३ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३६ रुपैंया २३ पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ २२ पैसा छ । बहराइन दिनारको खरिददर २६९ रुपैंयाँ १४ पैसा छ भनें विक्रि दर २७० रुपैंयाँ ७४ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस्  

‘रोजगारी पनि नदिने, आफैं गरिखान्छु भन्दा पनि नदिने गर्न पाईन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय