
काठमाडौं, साउन २५-
अंग्रेजीमा भनिने फ्रि भिसाको अर्थ हो, शून्य लागत । तर, अनौठो लाग्न सक्छ, फ्रि भिसाको मूल्य ९ लाखसम्म पर्छ भन्दा । यथार्थ भने त्यस्तै छ ।
मंगलबार व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पेश गरिएको प्रतिवेदनमा फ्रि भिसाबाट नौ लाखसम्म असुल गरिएको उल्लेख छ ।
साउदी, अरब, कुबेत, कतार र संयुक्त अरब इमिरेट्सको भ्रमण गरी व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले खाडी मुलुकको स्थलगत अनुगमन निरीक्षण भ्रमण उपसमितिले सो प्रतिवेदन तयार गरेको हो ।
प्रतिवेदनमा नेपाली कामदारले कम्तीमा ५० हजारदेखि ९ लाख रुपैयाँसम्म बुझाउन बाध्य हुनुपरेको तथ्य सार्वजनिक गरिएको छ । २०७२ असार २१ गतेदेखि सरकारले रोजगारीमा मलेसिया र खाडी मुलुक जाने कामदारका लागि फ्रि भिसा फ्रि टिकटको व्यवस्था गर्ने निर्णय गरेको थियो । तर, यसमा विकृति देखिएको कारोबार दैनिकमा खबर छ । कारोवारबाट
यो पनि पढ्नुहोस्
साउदीमा आजिवन जेल परेका श्रीमान् टुप्लुक्क घरमा आइपुग्दा …………