गृहमन्त्रीको पहलमा कुवेतबाट एक नेपाली महिलाको उद्धार

 

काठमाडौं, साउन २३-

गृहमन्त्री जनार्दन शर्माप्रभाकर को पहलमा कुवेतबाट पाँचथरकी बिमला न्यौपानेको उद्धार भएको शर्मा गृहमन्त्री भएसँगै स्थापना गरिएको गुनासो व्यवस्थापन कक्षमा उजुरी परे पछि मन्त्री शर्माको निर्देशनमा बिमलाको उद्धार गरिएको थियो

करिव एकसाता अघि उद्धार गरी नेपाल ल्याइएकी बिमला आफ्नो श्रीमान नविन शर्मासँग गृहमन्त्री शर्मालाई भेटन गृह मन्त्रालय आएकी थिइन २०७३ चैत्रमा जोर्डन जानका लागि अन्तर्वार्ता दिन काठमाडौं आएकी न्यौपानेलाई दलालले दिल्ली हुँदै कुवेत पु¥याएका थिए

आफु सशस्त्र प्रहरीको पुर्व कर्मचारी बताउने भक्तबहादुर बिष्ट मार्फत कुवेत पुगेकी न्यौपानेले त्यहाँ दुःख पाएपछी उनका श्रीमान नविन शर्माले गृहमन्त्रालयको गुनासो कक्षमा पुगेका थिए

बिमलाका अनुसार भक्तबहादुर सहितको गिरोहले उनलाई दिल्लीमा केही दिन राखेर कुवेत पु¥याएका थिए

त्यहाँ मलाई एउटा घरमा राखियो, घरमालिकले मलाई १२ सयमा किनेको भन्दै उनीहरुले भने अनुसारका काम गर्न बाध्य बनाए बिमलाले भनिन, ‘त्यहाँ मलाई खान समेत नदिईकन कुटपिट गरियो

बिमलाका अनुसार भक्तवहादुरको समुहले कुवेतमा कार्यालय नै खोलेको एउटा घरमा दुई महिना काम गरेपछी भागेर एजेन्टको कार्यालयमा जाँदा आफुलाई अपशब्द बोलेर त्यहाँका कर्मचारीले गाली गर्दै फेरी अर्को घरमा काम गर्न पठाएको उनले बताईन

गृहमन्त्री शर्माले अबैधानिक बाटोबाट विमलालाई कुवेत लैजाने दलालको खोजी गरिने कारवाहीको दायरामा ल्याउने बताएका छन्

यो पनि पढ्नुहोस्

कति रियाल, दिराम, रिंगिट दिनारको मूल्य ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: