काठमाडौं, साउन २३-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ८६ पैसा र विक्रि दर २८ रुपैंयाँ ३ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ६२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७८ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २१ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ७१ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ८५ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।
कुवेती दिनारको खरिददर ३३६ रुपैंया १० पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ ९ पैसा छ । बहराइन दिनारको खरिददर २६८ रुपैंयाँ ९२ पैसा छ भनें विक्रि दर २७० रुपैंयाँ ५१ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
विदेशमा वेपत्ता हुँदाको पीडाः ऋण त थियो नै त्यसमाथि पीर पनि थपियो
