
प्रश्नः म रोजगारीका लागि युएई जाने प्रकृयामा छु । त्यहाँ गएपछि अनावश्यक रुपमा कतिपय कागजातमा हस्ताक्षर गराइन्छ भन्ने सुनेको छु । मैले के के कागजातमा हस्ताक्षर गर्नुपर्छ <
उत्तरः युएईको यात्रा गर्नुपूर्व तपाईले आफ्नो लिखित रोजगार प्रस्ताव प्राप्त गर्दा, तपाईको रोजगारको नियम तथा शर्तबारे तपाईको प्रकृया गर्ने मेनपावर कम्पनी वा तपाईको रोजगारदाताले प्रष्ट रुपमा बुझाएको हुनु पर्दछ । यदि अझैसम्म युएई यात्राको प्रकृया चल्दै गरेको भए, आफूले हस्ताक्षर गर्नु पूर्व नै तपाईको रोजगार प्रस्तावको सम्पूर्ण नियम तथा शर्तबारे जानेको निश्चित हुनुपर्दछ । सो रोजगार प्रस्तावमा तपाईको कामको पद तथा जिम्मेवारीहरु, तपाईको तलव तथा भत्ताहरु त्था विस्तृत कार्य अवस्थाहरु पर्दछन् । तपाईको मेनपावर कम्पनीलाई रोजगार प्रस्तावको एक प्रति मागेर आफूसँग एउटा सुरक्षित ठाउँमा राख्नुहोस् । यदि तपाई पहिले नै युएईमा तपाईको रोजगारदाताकहाँ पुग्नुभएको भए तपाईलाई हस्ताक्षर गर्न लगाइने रोजगार करारमा पनि तपाईको सक्कल प्रस्ताव सरह नै नियम तथा शर्तहरु हुनु पर्दछ । त्यसमा लेखिएका कुराहरु राम्रोसँग पढेर मात्र हस्ताक्षर गर्नुहोस् ।
–यो जानकारी युएईको मानव संशाधन मन्त्रालयले उपलव्ध गराएको हो ।_
यो पनि पढ्नुहोस्
फ्रिभिसा, फ्रिटिकटको निर्णय कार्यान्वयन हुन्छः मन्त्री मन्सुर