फ्रिभिसा, फ्रिटिकटको निर्णय कार्यान्वयन हुन्छः मन्त्री मन्सुर

राजविराज, साउन १८-

श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बताएका छन्।

सप्तरीको सदरमुकाम राजविराजस्थित सुरक्षित आप्रवाशन तथा सूचना केन्द्रको मंगलबार गतिविधि तथा ठगीमा परेकासँग जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन्।

गाउँगाउँमा वैदेशिक रोजगारीको नाममा संस्थागतरुपमा ठगी भइरहेकाले यस विषयमा आफूले साउन महिनाभित्र नयाँ कदम चाल्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे।

गरिब एवं विपन्न परिवारका व्यक्तिले सुविधाका लागि सरकारले दिएको फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयन हुन्छ, उनले आश्वासन पनि दिए।

करिब दुई वर्ष अगाडि सरकारले निःशुल्क भिसा निःशुल्क टिकटको निर्णय लिए पनि हालसम्म कार्यान्वयनमा नआउँदादेशैभरिका जिल्लामा वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगीमा पर्ने गरेको ठग पोख्त रहेका कारण प्रमाण नछोड्दा कारबाही प्रक्रिया पनि प्रभावकारी हुन नसकेको मन्त्री मनसुरले गुनासो गरे। अन्नपूर्ण पोष्टबाट

यो पनि पढ्नुहोस्

कतारले उजुरी हाल्यो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: