कुवेत लैजाँदै गरेका ५ नेपाली महिलाको दिल्लीबाट उद्धार

 

नयाँदिल्ली-  कुबेत जाने प्रलोभनमा परेर नयाँदिल्ली आइपुगेका पाँच नेपाली चेलीको उद्धार गरिएको छ । मंगलबार पहाडगंजको एक होटलबाट उनीहरुलाई उद्धार गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा नेपाली जनसम्पर्क समिति र माइती इण्डियाले उद्धार गरेका चेलीहरु १८ देखि ३८ वर्ष उमेर समूहका छन् ।

नेपालको झापाको दमक, इनरुवा, हेटौडा, नवलपरासी, पोखरालगायत क्षेत्रका चेलीहरु दलाल मार्फत एक साताअघि मात्र भारत आइपुगेका थिए ।

सम्बन्धित जिल्लाको विभिन्न खुला नाकाबाट उनीहरुलाई भारत प्रवेश गराइएको बुझिएको छ । नेपाली चेलीलाई बुधबार नेपाल फर्काउन लागेको जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डे जानकारी दिए । कुनकुन दलाल मार्फत् दिल्ली आइपुगेको भन्ने विषयमा भने युवतीहरु खुलेका छैनन्।

एक साता अघि मात्रै दिल्लीको जीबी रोडबाट उद्धार गरिएका दुई नेपाली चेली फिर्ता पठाउने कानुनी प्रकृयामा छन् । भारतमा काम गरिरहेको रेस्क्यू फाउन्डेसनले उद्धार गरेका यी चेलीहरु नेपाल फर्काउन अझै केही दिन लाग्ने बताइएको छ ।  

बेचिसकेका चेलीबेटीको उद्धार गर्दा कानुनी प्रकृया पूरा गर्नुपर्ने हुँदा फर्काउन केही समय लाग्ने फाउन्डेसनका अनुसन्धान अधिकारी सन्तोष सेढाईंले जानकारी दिए। अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय