कतारमा एक नेपालीको मृत्यु

दीलिप पराजुली, दोहा-

झण्डै चार महिना अघि कतार आइपुगेका झापा अर्जुनधाराका ग्याल्चोक लाम्खोरको कोठामा बसेको अबस्थामा नै मृत्यु भएको छ ।

रातिको डिउटी सकेर कोठामा आएको र टेलीफोनमा साथिसंग कुरा गर्दै गर्दा अचानक बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो । कतारको सरकारी अस्पताल हमाद हस्पिटलमा पुर्याइए पनि उनको निधन भइसकेको अस्पतालले जानकारी गराएको थियो ।

कम्पनीले मृतककी श्रीमती  झुमा तामांगलाई टेलिफोन मार्फत उनका श्रीमानको मृत्यु भएको जानकारी गराएको जनाएको छ । हप्तुर लिन्टन ग्रुप कम्पनीमा कार्यरत लाम्खोर अन्जली ओभरसिज मेनपावर कम्पनिबाट कतार आएका थिए । मृतक लाम्खोरका श्रीमती र एक ६ बर्षिय छोरा रहेका छन्  ।

कम्पनीले उनको शव पठाउनको लागि १५ सय रियाल उपलव्ध गराएको छ । यसैगरी परिवारलाई सहानुभूतिस्वरुप ५ हजार रियल मृतककी श्रीमतीका नाममा नेपाल पठाएको छ । 

यो पनि पढ्नुहोस् 

विदेशमा मृत्यु भएका परिवारलाई ७ लाख दिन थालियो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: