विदेशमा मृत्यु भएका परिवारलाई ७ लाख दिन थालियो

 

काठमाडौं, साउन १६-

वैदेशिक रोजगारीको क्रममा विदेशमा मृत्यु भएका कामदारका परिवारलाई राहत स्वरुप ७ लाख रुपैयाँ सोमबारवाट दिन सुरु गरेको छ ।

सरकारले वैदेशिक रोजगार नियमावली२०७४ को संशोधन गरेपछि मृतक परिवारले पाउने राहत रकम बढेको हो । यसअघि मृतक परिवारले ३ लाख रुपैयाँ दिने व्यवस्था थियो ।

श्रम स्वीकृति लिएका कामदार साउन १६ गतेदेखि जुनसुकै कारणले मृत्यु भएपनि ७ लाख रुपैयाँ पाउनेछ,’ वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भने, ‘विदा वा विरामी भई करार अवधिभित्र नेपालमै मृत्यु भएपनि राहत रकम पाउनेछ ।

श्रम स्वीकृतिको म्याद सकिएको थप एकवर्षभित्र मृत्यु, अंगभंग वा गम्भीर प्रकृतिको विरामी भएका कामदारले पनि वोर्ड सुविधा पाउने काफ्लेले बताए । २०७३ बैशाख १ गते श्रम स्वीकृति लिई विदेश गएका कामदारको १५ लाख रुपैयाँ बिमा गरेको छ । त्यसवाहेक २०७३ माघ १५ गते श्रम स्वीकृति लिएका कामदारले १५ प्रकारका गम्भीर प्रकृति रोग लागेमा ५ लाख विमा रकम पाउने व्यवस्था लागु गरिएको छ । अब मृतक कामदारको परिवारले वोर्ड र बिमा बापत २२ लाख राहत रकम पाइन्छ,’ उनले भने,‘त्यसबाहेक तोकिएको रोगबाट मृत्यु भएमा त्यसमा थप ५ लाख पाइन्छ ।

वोर्डले अव विदेश जेलमा रहेका नेपालीको कानुनी उपचारको लागि वकिल राख्न समेत बाटो खुलेको छ । नेपालीको प्रतिरक्षा गर्नको लागि वकिल राख्नको लागि चाहिने बजेट पनि वोर्डले दिन्छ,’ उनले भने,‘अदालतले तोकेको जरिवाना भने तिर्दैन ।’  वोर्डले कल्याणकारी कोषको शुल्क समेत बढाएको छ । तीन वर्षसम्मको करार अवधीको एक हजार पाँच सय  र तीन वर्षभन्दा माथिको दुई हजार पाँचसय रुपैयाँ शुल्क बुझाउनुपर्छ ।

बोर्डले मृतक परिवारका सन्तानलाई उच्च शिक्षा सम्म पढाइदिनुको साथै कामदारका परिवार विरामी भएमा ५० हजारसम्म उपचार खर्च दिने काफ्ले बताए ।  २०६४ साल माघबाट बोर्डले कामदारको हितको लागि खर्च गर्न थालेको हो । हालसम्म चार अर्ब १० करोड रकम वोर्डमा जम्मा भएको छ । काफ्लेका अनुसार यी सुबिधा प्रदान गर्न बोर्डले आउने वर्षहरुमा वार्षिक एक अर्बसम्म खर्च हुने अनुमान राखेको छ। कान्तिपुरबाट

यो पनि पढ्नुहोस् 

कतारले ‘युद्ध घोषणा’ गर्योः साउदी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय