काठमाडौं, साउन १६-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २८ रुपैंयाँ १० पैसा र विक्रि दर २८ रुपैंयाँ २६ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।
कुवेती दिनारको खरिददर ३३९ रुपैंया ७ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ६ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ३७ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ९६ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
कतारले ‘युद्ध घोषणा’ गर्योः साउदी