कतारले ‘युद्ध घोषणा’ गर्योः साउदी !

 


काठमाडौं, साउन १६
साउदी अरेवियाका विदेश मन्त्री अदिल अल जुवेयरले मक्का मदिनाको व्यवस्थापनलाई अन्तराष्ट्रियकरण गर्न गरेको आव्हानयुद्धको घोषणा’ भएको बताएका छन् उनको भनाई उधृत गर्दै अल अरेवियाले कतारको पछिल्लो अनुरोध साउदी अरव विरुद्धको युद्ध घोषणा भएको समाचार छापेको

साउदी अरवले कुनै पनि पवित्र स्थललाई अन्तराष्ट्रियकरण गर्ने नगर्ने अधिकार आफैंसँग सुरक्षित राख्छ अल जुवेयरको भनाई उधृत गर्दै समाचारमा भनिएको साउदीको मक्कामदिनामा हजका लागि जान चाहने कतारी नागरिकलाई साउदी अरवका हज अधिकारीहरुले निश्चित विमानस्थलमा उत्रन दोहाबाट मात्र उडान भर्न आदेश दिएको भन्दै कतारको मानव अधिकार आयोगले यो अन्तराष्ट्रिय कानून विपरित भएको भन्दै त्यसको विरोध गरेको थियो  

 

समाचारमा गतबर्ष ईरानले आफ्ना हज गर्न जान चाहने नागरिकलाई अवरोध गरिएको भन्दै सिधै मक्का मदिनाको व्यवस्थापन अन्तराष्ट्रिय निकायले गर्नुपर्ने भन्ने खालको अपिल कतारले नगरेपनि त्यस्तै आशय सहितको अपिल गरेको जनाइएको तर कतारी सञ्चार माध्यम लगायतको प्रयत्न अस्वीकार्य खालको रहेको साउदी अरवका सञ्चार माध्यमले लेखेका छन्
यो पनि पढ्नुहोस्
अवैधानिक कामदार फेला परे महिना जेल, भारी जरिवाना

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय