अवैधानिक कामदार फेला परे ६ महिना जेल, भारी जरिवाना

 

विन्देश तामाङ, रियाद, साउन १५-

अवैधानिक रुपमा काम गरिरहेका आप्रवासी कामदार फेला परेमा ६ महिनासम्म जेल सजाय तथा ५० हजार रियाल(नेरु १३ लाख भन्दा बढी) जरिवाना तिर्नुपर्ने साउदी अरवका सरकारी अधिकारीले जानकारी गराएका छन् । स्थानीय सञ्चार माध्यमहरुका अनुसार पासपोर्ट विभागका महानिर्देशकलाई उधृत गर्दै यो साउदी अरवलाई अवैधानिक कामदार मुक्त बनाउन भारी जरिवाना सहितको कारवाही अभियान चलाउन लागिएको हो ।

स्थानीय सञ्चार माध्यम अल मदिनाका अनुसार पक्राउ पर्ने अवैधानिक कामदारलाई घटीमा १० हजार रियाल जरिवाना देखि ५० हजार रियालसम्म जरिवाना तथा एक महिना देखि ६ महिनासम्म जेल सजाय हुनेछ । त्यसरी पक्राउ पर्नेहरुलाई जेल सजाय तथा नगद जरिवाना पश्चात स्वदेश फर्काइनेछ ।

हालै साउदी अरवले अवैधानिक रुपमा कार्यरत आप्रवासी कामदारलाई स्वदेश फर्किन आममाफी घोषणा गरेको थियो । चार महिना लामो आममाफीका क्रममा ६ लाख भन्दा बढी आप्रवासी कामदार कागजी प्रकृया पुरा गरेर विना झण्झट स्वदेश फर्किएको सरकारी अधिकारीले जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस् 

मलेसिया आउने भन्दा घर फर्कने नेपाली धेरै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: