मलेसिया आउने भन्दा घर फर्कने नेपाली धेरै

 

सुदीप निउरे,क्वालालम्पुर– 

बैदेशिक रोजगारीका लागि मलेसिया आउने भन्दा घर फर्कने नेपालीहरु धेरै हुन थालेका छन् मलेसिया सरकारले सार्बजनिक गरेको एक तथ्यांक अनुसार बिगत १८ महिनामा ७८ हजार १० जना नेपाली कामदारले मलेसिया छोडेको देखिएको मलेसिया सरकारले फर्किएका बैधानिक कामदारको मात्र तथ्यांक सार्बजनिक गरेको हो सार्बजनिक गरिएको तथ्यांकमा अबैधानिक कामदारहरुको तथ्यांक भने जोडीएको छैन मलेसियास्थित नेपाली दूतावासका अनुसार दैनिक ५० जना भन्दा बढीले नेपाल फर्कनका लागि यात्रा अनुमति पत्र लिने गरेका छन

यात्रा अनुमति पत्र करार अबधि बाँकी रहेका बैधानिक कामदार तथा करार अबधि भैकन पनि तोकिएको कम्पनि छोडेर अबैधानिक बनेका दुबै थरि कामदारले लिने गरेका छन् मलेसियामा शनिवार आईतबार सरकारी बिदा हुने हुनाले सोमबार मंगलबार ५० जना देखि झण्डै एकसय ५० जनासम्म नेपाली कामदारले घर फर्किनको लागि कागजात तयार पार्न आउने गरेको यहांस्थित नेपाली राजदुत डाक्टर निरंजनमान सिंह बस्न्यात बताउंछन

घर फर्किन चर्को मूल्य

मलेसियाबाट घर फर्किने नेपालीहरु अहिले पनि चर्को मुल्य तिरेर घर फर्किने गरेका छन् मलेसियाका बिभिन्न ठाउंबाट लुकिछिपी क्वावालम्पुरका बिभिन्न होटलमा आईपुग्ने गरेका नेपालीहरुले हजार रिंगेट देखि झण्डै हजार रिंगेटसम्म तिरेर घर फर्किने गर्दछन्

सय २३ लाई नेपाल फर्काइयो

झण्डै बर्षको अन्तरालमा मलेसियामा अलपत्र सय २३ जनालाई नेपाल फर्काईएको बिभिन्न कारणले जेल परि घरफिर्ती केन्द्रमा स्थानान्तरण गरिएकाहरुलाई यहांस्थित नेपाली दूतावासले एकतर्फि हवाई टिकट उपलब्ध गराएर नेपाल फर्काएको हो

मलेसियामा घटे आप्रवासी कामदार

डेढबर्ष अघि झन्डै २१ लाख ३५ हजार बैधानिक बिदेशी कामदार रहेको मलेसियामा अहिले १७ लाख ८१ हजार सय ९८ जना जना बिदेशी कामदार मात्र बैधानिक हैसियत रहेको देखिन्छ बिगत १८ महिनाको अन्तरमा लाख ५३ हजार सय जनाले मलेसिया छाडेको देखिन्छ जसमध्ये ७८ हजार १० जना नेपाली कामदार पनि मलेसिया छोड्नेमा परेका हुन्

बिगत १८ महिनाको यस अबधिमा नेपाली कामदार मात्र होईन रोजगारीको लागि मलेसिया आउने सबै मुलुकका कामदारहरुको ठुलो संख्या आ-आफ्नो मुलुक फर्केको तथ्यांकले देखाउंछ

भर्खरै सार्बजनिक गरिएको एक रिपोर्ट अनुसार बिगत १८ महिनामा ईण्डोनेसियन ९० हजार सय जना, बंगलादेशी ५० हजार सय ४७ जना, म्यानमारबाट आएका १५ हजार सय १८ जना भारतीय कामदार २१ हजार सय ६६ जनाले मलेसिया छाडेका छन  

अघिल्लो कुल संख्यामा ब्यापक मात्रामा कमि आएको भएपनि स्वदेश फर्केको अनुमान गरिएकाहरु, स्वदेश नफर्किकन मलेसियामा नै अबैधानिक हैसियतमा बसेको पनि हुन सक्ने आँकलन गरिएको

सन २०१६ को जनवरी सन् २०१७ को जुन महिनाको मलेसियामा रहेका बैधानिक कामदारको तथ्यांक यस्तो :

               सन् २०१६ जनवरी                                सन् २०१७ जुन

ईण्डोनेसियन् : लाख १९ हजार सय ७३ जना                                 लाख २८ हजार सय ७० जना  

नेपाल :       लाख ८३ हजार सय जना                                    लाख हजार सय ९८ जना

बंगलादेशी:   लाख ७२ हजार ३६ जना                                          लाख २१ हजार ८९ जना

म्यानमार:   लाख ४३ हजार सय २३ जना                                    लाख २७ हजार सय जना

भारतीय:    लाख ३५ हजार सय २१ जना                                    लाख १४ हजार सय ५५ जना

मलेसियाबाट बिदेशी कामदार पलायन हुनुको पछाडी मलेसियाको कमजोर सुरक्षा ब्यवस्था रिंगेटको भाउमा आएको लगातारको गिरावटनै प्रमुख देखिन्छ मलेसियाले सन २०२० सम्ममा १७ प्रतिशत बिदेशी कामदारको परनिर्भरता कटौती गर्दै १५ प्रतिशतमा झार्ने योजनामा पनि लागू गरेका यद्यपी बिदेशी कामदारले गर्दै आईरहेका जटिल कामहरु गर्न यहांका स्थानिय कामदारहरुले रुचि नदिएको पाइएको  

यो पनि पढ्नुहोस्

घट्यो रियाल, दिराम, रिंगिट र दिनारको मूल्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: