काठमाडौं, साउन १५-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ १० पैसा र विक्रि दर २८ रुपैंयाँ २७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३ पैसा छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४५ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।
कुवेती दिनारको खरिददर ३३८ रुपैंया ६२ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ६१ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ३७ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ९६ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
कतारमा संकट सुरु भएपछि यस्तो छ नेपालीलाई परेको प्रभाव
