नेपालसँग समर्थन माग्दै कतार र साउदी लगायतका मुलुक

 

काठमाडौं, साउन १५-

कतारलाई नाकाबन्दी गर्ने साउदी अरेविया, युएई लगायतका मुलुकहरु र कतार दुवै पक्षले नेपालसँग आफ्नो पक्षमा उभिदिन आग्रह गरेका छन् । काठमाडौंस्थित कतारी राजदूत अहमद जसिम मोहम्मद अली अल हमरले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग भेटी कतारमा रहेका नेपालीको रोजगारीमा समस्या नआउने बताएका थिए ।

उनले कतारमाथिको नाकाबन्दीविरुद्ध बोलिदिन नेपाललाई घुमाउरो ढंगले आग्रह गरेका थिए । त्यसको एक सातापछि इजिप्ट, संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाका राजदूतले परराष्ट्रमन्त्री महरा र गृहमन्त्रीसँग भेटी कतारमाथि नाकाबन्दी लगाउनुपरेको कारणबारे अवगत गराएका थिए । उनीहरूले घुमाउरो रूपमा नाकाबन्दीको समर्थन गरिदिन आग्रह गरेका थिए ।

परराष्ट्रमन्त्री महराले नेपाल यस खालका क्षेत्रीय संकट शान्तिपूर्ण वार्ताबाट हुनुपर्ने जवाफ दिएका थिए । बरु मन्त्री महराले कतार संकटको समाधानका लागि नेपालले मध्यस्थता गर्न सक्ने राजदूतसमक्ष बताएका थिए।अन्नपूर्ण पोष्टबाट 

यो पनि पढ्नुहोस्

कतारमा संकट सुरु भएपछि यस्तो छ नेपालीलाई परेको प्रभाव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय