अव आममाफीको समय नथपिने, नफर्किनेलाई कडा कारवाहीको चेतावनी

 

विन्देश तामाङ, रियाद, साउन १२-

साउदी अरवले गैरकानूनी रुपमा कागजातविहिन भएर कार्यरत आप्रवासी कामदारले निश्चित प्रकेया पुर्याएर विना कारवाही स्वदेश फर्किन दिइएको आममाफीको अमय अव नथपिने प्रष्ट पारेको छ । साउदी अरवको जवाजत(राहदानी विभाग) का महानिर्देशन सोलिमान अल याहाले अव सो समयावधि नथपिने बताएका हुन् ।

साउदी ग्याजेटका अनुसार चार महिना लामो सो आममाफी अभियान आगामी सोमवार सकिदैछ । स्वदेश फर्किन दिइएको चार महिना पर्याप्त रहेको अल षहाले बताएका छन् । तीन महिनाका लागि खोलिएको आममाफीको समय पछि एक महिनाका लाथि थप गरिएको थियो । अल याहाले अव आममाफीको समय सकिएपछि गैरकानूनी रुपमा बसिरहेका आप्रवासी कामदार फेला परे कडा कारवाही गरिने चेतावनी दिए । कानूनको कुनै ईज्जत नगर्नेहरुलाई सोही अनुरुपको कारावही आवश्यक रहेको भन्दै उनले पछि कुनै पनि छुट नदिइने प्रष्ट पारे ।

उनले आमाफी सुवर्ण अवशर भएको भन्दै यस समयमा स्वदेश फर्किनेहरु जुनसुकै समयमा पुनः साउदी आउन पाउने बताए । जवाजतका अनुसार आममाफीको समयमा ६ लाख व्यक्तिले साउदी अरव छोडेका छन् । उनीहरु पुनः कामदारको भिषामा साउदी अरव आउन सक्नेछन् ।

आममाफीको समय सकिने वित्तिकै गैरकानूनी कामदार खोज्न १९ वटा सरकारी निकाय तयार रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

७ महिनादेखि तलव विना काम गर्न बाध्य

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय