काठमाडौं, साउन १२-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २० पैसा र विक्रि दर २८ रुपैंयाँ ३७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १२ पैसा छ । छिमेकी मुलुकको नाकावन्दी पछि दिराम भन्दा सस्तो भएको कतारी रियालको मूल्य पुनः दिराम भन्दा बढी भएको छ ।
यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ३९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५५ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ११ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।
कुवेती दिनारको खरिददर ३३९ रुपैंया ६६ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ६६ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ३१ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ९० पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
७ महिनादेखि तलव विना काम गर्न बाध्य
