कोरियाली भाषा परिक्षामा १२ हजार उत्तिर्ण

 

काठमाडौं- रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जानेको लागि लिइएको भाषा परीक्षामा १२ हजार एकसय ८ जना उत्तीर्ण भएको छ ।

ईपीएस निर्देशक बाबुराम आचार्यका अनुसार ५९ हजार परिक्षार्थी मध्ये १२ हजार एकसय ८ जना उत्तीर्ण भएका हुन् । जसमा कृषितर्फ ७ हजार ५ सय ७८ र उत्पादनतर्फ ४ हजार ५ सय ३० जना उत्तीर्ण भए । उत्तीर्ण भएका परिक्षार्थीको यो वर्ष सीप परीक्षण हुँदैन,’ उनले भने, ‘उत्तीर्ण भएकाहरु आउने फेब्रुअरीबाट पठाउन सुरु हुन्छ । उनीहरु चार बर्ष १० महिना काम गर्न पाँउछन् ।

 

हालसम्म कोरियामा ४७ हजार नेपाली युवा गइसकेका छन् । कोरिया जानको लागि ९ सय ५६ डलर खर्च हुन्छ ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय