साउदी अरबमा १७ नेपाली अलपत्र

सुखिलाल चौधरी, उदयपुर, साउन १०-

रोजगारीको लागि साउदी अरव पुगेका १७ जना नेपालीले तीन महिनादेखि तलव नपाएको बताएका छन् । साउदीको यनवुमा शहरका विभिन्न कम्पनीमा कार्यरत नेपालीले तीन महिनादेखि मासिक तलब नपाउँदा अलपत्र परेका छन् ।

काम गर्ने कम्पनीले सेवा सुविधासहितको तलब नदिएको भन्दै उनीहरूले आफन्तसँग दुःख व्यक्त गरेका छन् । इमास्को नेपाल प्रालि सामखुसी र नाइल ओभरसिज प्रालि सिनामंगल काठमाडौँमार्पmत् साउदी अरब पुगेका कामदार समस्यामा परेको उदयपुरको चौदण्डीगढी नगरपालिका१ का बाबुराम रेग्मीले बताए । काम गर्न गएको कम्पनीले नेपालमा भनेजस्तो सेवा सुविधा दिएन’, रेग्मीले भने, ‘समयमा तलब पनि दिएको छैन र सम्झौतानुसारको सुविधा पनि दिएको छैन ।सेवा सुविधाको कुरा गर्दा उल्टै कम्पनीले निकालि दिएपछि अहिले आफूहरू अलपत्र परेको उनले बताए ।

०७२ साल चैतमा साउदी अरबको यनवुमा सादत अल अमिद कम्पनी लगायतका विभिन्न कम्पनीमा काम गर्न पुगेका नेपाली समस्यामा परेका हुन् । क्लिनिङ वर्करका लागि भनेर त्यहाँ पुगेका उदयपुर, सिरहा, सप्तरी, मोरङ, सुनसरी, लमजुङ, कास्की र धादिङका १७ युवक अलपत्र परेको साउदीबाट रेग्मीले बताए । उनका अनुसार नेपालबाट जाँदा साउदी रियाल एक हजार दिने भनिएको थियो । इमास्को नेपाल प्रालिसँग भएको सम्झौतामै साउदी रियाल एक हजार दिने भनिएको अर्का पीडित प्रेमकुमार वाइवाले बताए । खाने, बस्ने व्यावस्थासहित एक हजार साउदी रियाल दिने सम्झौता भएको थियो’, वाइवाले भने, ‘तर साउदी पुगेपछि आठ सय रियाल मात्र पाइयो, त्यो पनि तीन महिनादेखि पाइएको छैन ।उनका अनुसार चैतदेखि बैशाखसम्मको पाए पनि बैशाखबाट यताको तलब नपाएका हुन् । उनका अनुसार १७ युवक एउटा सानो कोठामा कोचा कोच गरेर बसिरहेको बताए । साँघुरो कोठमा, खाना पानीको पनि समस्या छ’, पीडित वाइवाले भने, ‘किनेर खाने पैसासमेत नहुँदा अरुसँग सहयोग मागेर भएपनि गुजारा गरिरहेका छौँ ।’  

मासिक तलब र कोठा, खान बस्न लगायतका विषयमा कामका लागि साउदी अरब पठाउने इमास्को र नाइललाई पटक पटक अनुरोध गर्दासमेत बेवास्ता गरेको पीडित दामोदर पन्थीले बताए । पन्थीले भने, ‘यहाँ भने भोकभोकै बस्नुपरेको छ ।यस्तै छोरा अलपत्र परेको जानकारी मेन पावरलाई जानकारी गराउँदा समेत मेन पावर कम्पनीले वेवास्ता गरेको बाबुरामका बुबा सिद्धराज रेग्मीले बताए । उनका अनुसार छोराको उद्धारका लागि पटक पटक मेनपावर जाँदा पनि केही वास्ता नगरेको बताए । ऋण गरेर विदेश पठाएको छोराले ऋण तिर्नु त परै जाओस्’,  सिद्धराजले भने, ‘ज्युँदो छोरो नेपाल नआउने हो कि भन्ने डर छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: