मलेसियाबाट ४३ जना नेपाल फिर्ता

 

काठमाडौ- मलेसियाको मेलाका घरफिर्ती केन्द्रमा हवाई टिकटको खर्च व्यहोर्न नसकी अलपत्र परेका ४३ जना नेपाली युवाहरु स्वदेश फिर्ता भएका छन् ।

लामो समयदेखि घरफिर्ती केन्द्रमा रहँदा मानसिक सन्तुलन बिग्रने,रोग लाग्ने,मृत्यु हुन सक्ने र आत्महत्याको प्रयास समेत गर्न सक्ने खतरा भएपछि क्वालालमपुरस्थित नेपाली राजदूतावासले ती नेपाली युवाहरुलाई स्वदेश फिर्ता पठाएको हो। 

उनीहरुलाई निशुल्क एकतर्फी हवाई टिकट उपलब्ध गराएर स्वदेश पठाइएको क्वालालामपुरस्थित नेपाली दूतावासले जनाएको छ । उनीहरुलाई असार २८ गते मेलाका घरफिर्ती केन्द्रमा राजदूतावासका अधिकारीहरुले भेटेका थिए । दूतावासले जारी गरेको प्रेस बक्तव्यमा भनिएको छ अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रुपमा जारी राख्ने सबैलाई सुचित गरिन्छ ।अन्नपूर्ण पोष्टबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय