नेपालमा अव बेरोजगार भए भत्ता दिने

काठमाडौं, साउन ९-

सामाजिक सुरक्षा कोष क्रियाशिल हुने भएको छ । औपचारिक, अनौपचारिक, बौद्धिक, मानसिक र सरकारी सेवामा काम गर्ने सबैका लागि योगदानमा आधारिक सामाजिक सुरक्षा कोष क्रियाशील हुने भएको हो । कोषमा अव श्रमिकले खाइपाई आएको मध्ये १० प्रतिशत जम्मा गर्नुपर्नेछ भने रोजगारदाताले २० प्रतिशत कोषमा जम्मा गर्नुपर्नेछ ।

२०६७ साल चैत्र १० गते सरकार, रोजगारदाता र टे«ड युनियनबीच भएको सम्झौता अवको ९१ दिनपछि कार्यान्वयनमा आउने गरी सामाजिक सुरक्षा विधेयक पारित भएको छ । यो बिधेयकमा नियमले तोके बमोजिम कोषमा रकम जम्मा हुने उल्लेख छ । तर, २०६७ सालमा भएको त्रिपक्षीय सहमति अनुसार कोषमा श्रमिकको १० र रोजगारदाताको २० प्रतिशत रकम जम्मा हुनेछ ।

कोष मार्फत बेरोजगार भत्ता, मातृत्व संरक्षण, वृद्ध भत्ता, दुर्घटना वीमा र पेन्सन वितरणसम्मको व्यवस्था हुनेछ । 

व्यवस्थापिका संसदको सोमवारको बैठकले सामाजिक सुरक्षा विधेयक बहुमतले पारित गरेसँगै सामाजिक सुरक्षा कोष क्रियाशिल हुने सुनिश्चित भएको हो । कोषमा हाल १५ अर्व रुपैयाँ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय