मोसु कतारको कार्यशाला गोष्ठी सम्पन्न

 

चिरञ्जिवि तिम्सिना, दोहा-

कतारको कृयाशिल सामाजिक संस्था मोरङ्गसुनसरी सेवा समाज (मोसु) ले प्रदेश नं. १ का १४ वटा सामाजिक संस्थाहरुका विचसंस्था संचालन सम्वन्धि आधारभुत सीपविषयक एक दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको

प्रदेश नम्वर का विभिन्न जिल्लालाई कार्यक्षेत्र वनाई कतारमा कार्यरत खोटांग सेवा समाज, भोजपुर सेवा समाज, धनकुटा सेवा समाज, प्रवासी झापाली सम्पर्क मञ्च, इलाम सेवा समाज, तेह्रथुम सेवा समाज, ओखलढगा सेवा समाज, संखुवासभा सेवा समाज, पाँचथर सेवा समाज, उदयपुर सेवा समाज, धराने आउट अफ धरान, इटहरा सेवा समाज, लालभित्ती युवा समाज कटुवाल बन्धु एकता समाजको सहभागितामा सो गोष्ठिको आयाजेना गरेको थियो

कतार नेपालको प्रदेश नं का विभिन्न जिल्लालाई कार्यक्षेत्र वनाई कार्यरत ति संस्थाका ३५ भन्दा वढि प्रतिनिधिहरुको सहभागितामा आयोजना गरिएको सो गोष्ठिले विशेष गरि संस्था संचालनका लागि आवश्यक आधारभुत सिप तथा संचालन पद्दतिको वारेमा सहजकर्ताहरुले आधारभुत प्रशिक्षण दिएका थिए  

सो गोष्ठिमा कुमार कार्की, विनोद भट्टराई, विनेश तामाङ्ग लोक वहादुर तामाङ्गले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए गोष्ठिमा आयोजक संस्थाको तर्फवाट आफ्नो भनाई राख्दै मोरङ्गसुनसरी सेवा समाज कतारका अध्यक्ष योगेन्द्र कार्कीले संस्थाहरुको स्तरोन्नती गर्न तथा संस्थाहरु विचमा सहकार्य तथा एकिकृत कार्यक्रमको भावनालाई जागृत गर्नका लागि सो गोष्ठिको आयोजना गरिएको जानकारी दिएका थिए गोष्ठिमा सहभागि प्रतिनिधिहरुले गोष्ठि संस्था संचालनका लागि फलदायि भएको धारणा व्यक्त गर्दै आयोजक संस्थाले गरेको प्रयासको सरहना गरेका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय