युएईबाट सहयोग

 

दामोदर दाहाल, युएई-

काभ्रे सेवा समाज युएईले यसअघि गरेको कार्यक्रमबाट मुनाफा भएको रकम अनाथ तथा अपांगहरुको लागि हस्तान्तरण गरेको छ।

काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामाको अध्यक्षतामा २१ जुलाई २०१७ का दिन बसेको बैठकले उक्त मुनाफा रकम संयुक्त अपाङ्ग एकता अवाज केन्द्र गोकर्णलार्इ एक लाख रुपैंयाँ र प्रज्ञा चक्षु बालबालिका अपाङ्ग केन्द्र, बनेपालाई २५ हजार दिने निर्णय गरेको हो ।

काभ्रे सेवा समाजका कोशाध्यक्ष रबिन तामाङले संयुक्त अपाङ्ग एकता आवाज केन्द्रका अध्यक्ष तिल बहादुर कार्की र प्रज्ञा चक्षु बालबालिका अपांग केन्द्रका अध्यक्ष यज्ञ प्रसाद दुलालको नाममा युएईबाट रकम रिमिटेंस गरेका थिए।

तिल बहादुर कार्की यस्ता पात्र हुन जसले बिगत १० बर्ष देखि संयुक्त अपाङ्ग एकता आवाज केन्द्र सञ्चालन गरेर बसेका छन जहाँ ४० जना भन्दा बढि अनाथ तथा अपाङ्ग बालबालिकाहरु रहेका छन् जसमा द्वन्द पिडित देखि भुकम्प पिडित सम्मका बालबालिकाहरु छन् । दयनिय अवस्थामा आश्रित ती बालबालिकाहरुको स्थिति भुकम्प पछिका दिनमा झनै बढि दयनिय बन्दै गएको छ ।

अध्यक्ष तिल बहादुर कार्की आफै अपाङ्ग हुन्, जसले २५ बर्षसम्म पशुपतिनाथ र बौद्ध क्षेत्र को सडकपेटी मा मागेर जम्मा गरेको पैसाबाट आफु जस्तै अनाथ तथा अपाङ्ग बालबालिकाहरु लाइ आश्रय दिएर उनीहरुको अभिभाबक बनि गास बास कपास र शिक्षा दिन सुरु गरेका हुन् ।

हाल युएईबाट घर बिदामा रहेका समाजका केन्द्रिय सचिव जनक सापकोटाले उक्त रकम संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र  प्रज्ञा चक्षु बालबालिका अपांग केन्द्रमा पुगी सहयोग रकम हस्तान्तरण गरेका छन।  

काभ्रे सेवा समाज युएइका महासचिव उत्तम बिकले आगामी दिनमा पनि समाज यस्ता खालका सामाजिक कार्यमा अग्रसर रहने जानकारी दिएका छन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय