
काठमाडौं, साउन ८-
युएईको मानव संशाधन मन्त्रालयले युएईमा काम गर्न आउन चाहने तथा कार्यरत आप्रवासी कामदारले १० वटा विषयको जानकारी लिनु पर्ने बताएको छ । मन्त्रालयद्धारा युएई आउने आप्रवासी कामदारका अधिकारका बारेमा जानकारी दिने उद्धेश्यले प्रकाशित पुस्तिकामा यसको जानकारी दिइएको हो ।
मन्त्रालयका अनुसार ति १० वटा विषय यसप्रकार रहेका छन्ः
१. तपाईको रोजगारदाताले तपाईको भर्ना खर्च तथा युएईमा यात्राको खर्च अनिवार्य रुपमा तिर्नुपर्दछ । तपाईसँग कुनै शुल्क लिन पाउने छैनन् ।
२. तपाईको रोजगारदाताले तपाईको आवासिय अनुमतिको लागि भुक्तान गर्नुपर्दछ । यसवापत तपाईसँग कुनै शुल्क लिन पाउँदैन ।
३. तपाईलाई भुक्तान गर्न लगाइएको कुनैपनि शुल्कको रसिद राख्नुहोस् ।
४. तपाईको व्यक्तिगत परिचयात्मक कागजातहरु सदा आफ्नो साथमा राख्ने तपाईको हक हो ।
५. आईपुग्दा काम छैन ? तपाईको तलव सही समयमा र पुरा पाउनु भएको छैन ? श्रम कार्यालष्मा सूचित गर्नुहोस्
६. तपाईले आफ्नो जागिर कुनैपनि बेला छोड्ने अधिकार पाउनुहुन्छ । तर तपाईको करारगत दायित्वहरुको विचार गर्नुहोस् ।
७. तपाईको हस्ताक्षरित रोजगार प्रस्तावको प्रतिलिपि आफूसँग राख्नुहोस् ।
८. तपाईको करार तपाईको रोजगार प्रस्ताव अनुसार मिल्नुपर्दछ ।
९. तपाईको हस्ताक्षरित करारको प्रतिलिपि सुरक्षित ठाउँमा राख्नुहोस्
१०. यदि तपाईलाई सहायता चाहिएमा तपाईले सदा मानव श्रोत एवं नागरिक रोजगार मन्त्रालयमा एकजना साथि भेट्न सक्नुहुनेछ । हामी तपाईलाई सहायत गर्न तत्पर छौं ।
यो पनि पढ्नुहोस्
घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह