काठमाडौं-
श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले खाडीका मुलुकका राजपरिवारले नेपाली घरेलु कामदार पठाइदिन निरन्तर दवाव दिइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बोल्दै श्रममन्त्री मन्सुरले यस्तो जानकारी दिए ।
नेपाल सरकार र अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अहिले श्रम सम्झौता नभएका मुलुकमा घरेलु कामदारका रूपमा नेपाली महिला कामदार पठाउन रोक लगाएका छन् । तर, पछिल्लो समय खाडी मुलुकका राजदरबार तथा अन्य क्षेत्रमा काम गर्ने महिलालाई श्रम स्वीकृति दिन निरन्तर दबाब आइरहेको मन्त्री मन्सुरले जानकारी दिए । ‘एकपटक खाडीको राम्रो र सुरक्षित स्थानमा काम गरी फर्किएका महिलाले म सुरक्षित हुन्छु, मलाई श्रम स्वीकृति देऊ भनेर आइन् भने के गर्ने भन्नेबारे समितिको स्पष्ट निर्देशन आउनुपर्छ,’ मन्त्री मन्सुरले भने, ‘तर, परराष्ट्र मन्त्रालय र अन्य विभिन्न निकायले श्रम मन्त्रालयमा पत्र काटेरै श्रम स्वीकृतिको माग गरेका छन् ।’
मान्छे बेच्नेमाथि कारबाही खोइ ?
अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा सांसदहरूले नेपालमा म्यानपावर कम्पनीले सरकारकै संरक्षणमा मानव बेचबिखन गरिरहेको आरोप लगाए । दलाल म्यानपावरको प्रभावमा परेर निर्णय गर्ने सरकारी अधिकारीबाट कामदारको हकहितमा काम हुने अपेक्षा गर्न नसकिने उनीहरूले बताए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक रोजगारीमा जाने महिलाप्रति विशेष संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराए । सांसद चूडामणि जंगलीले वैदेशिक रोजगार ऐन २०६४ लाई समयसापेक्ष परिवर्तन नगरी सरकारले म्यानपावर कम्पनीहरूलाई चलखेल गर्ने मौका दिइरहेको बताए । सांसद ललिताकुमारी रेग्मीले मान्छेको व्यापार कहिले रोकिन्छ भन्दै प्रतिप्रश्न गरिन् ।
फ्रिभिसाको निर्णय परिवर्तन हुन्न
श्रम तथा रोजगारमन्त्री मन्सुरले फ्री भिसा फ्री टिकट नीतिमा कुनै परिवर्तन नहुने बताएका छन् । उनले सरकार यस नीतिमा अडिग रहेको बताएका हुन् । ‘म यो नीति बदल्ने पक्षमा छैन,’ उनले भने, ‘सरकार वैदेशिक रोजगारीलाई स्वच्छ, सुरक्षित र मर्यादित बनाउन प्रयासरत छ ।’ नेपाली कामदारका लागि खुला गरिएका केही मुलुकस“ग द्विपक्षीय सम्झौता तथा सरकार–सरकार ९जिटुजी० सम्झौता गर्ने प्रक्रिया अगाडि बढिसकेको समेत उनले जानकारी दिए ।
श्रम मन्त्रालयका सचिव लक्ष्मण मैनालीले अवैध रूपमा जाने कामदारले विदेशमा बढी दुःख पाइरहेको भन्दै वैधानिक बाटोबाट मात्र विदेश जान आग्रह गरे । ‘वैधानिक बाटोबाट जानेहरूको तथ्यांक सरकारसँग हुन्छ,’ उनले भने, ‘ती कामदारलाई कुनै समस्या परे तत्काल उद्धार गर्न पनि सम्भव हुन्छ ।’
नयाँ पत्रिकाबाट
यो पनि पढ्नुहोस्
विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्छस् श्रम मन्त्री मन्सुर