विदेशबाट विरामी भएर फर्किनेलाई विमानस्थलमा छुट्टै कोठा व्यवस्था गर्न मन्त्रीको निर्देशन

काठमाडौं, साउन

श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मंसुरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रम कक्षको निरीक्षण गरेका छन् । सो अवसरमा मन्त्री मंसुरले वैदेशिक रोजगारीमा जान लागेका तथा फर्कने कामदारलाई सहजताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिए।

वैदेशिक रोजगारीबाट अङ्गभङ्ग भई तथा बिरामी भई फर्केका कामदारलाई विमानस्थलमा सहज रुपमा आउन बस्नका लागि छुट्टै कोठाको व्यवस्था गर्न, त्यस्ता कामदारलाई मनोपरामर्श दिई सुरक्षित गृह वा आफन्तसम्म लैजान सवारीसधानको व्यवस्था गर्नका लागि आवश्यक व्यवस्था मिलाउन पनि उनले निरीक्षणका क्रममा निर्देशन दिए

त्यसका लागि नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड श्रम मन्त्रालयबीच समन्वय गरी सहयोगी कक्ष स्थापना गर्न उनले सुझाव दिए

यस्तै, मृतक कामदारको शव ल्याउन घरसम्म लैजान सवारीसाधनको व्यवस्थाका लागि विमानस्थलमा सहयोगी कक्ष स्थापना गर्न, वैदेशिक रोजगारीका लागि प्रयोग गरिएको अनलाइन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले सुझाव दिए रासस

यो पनि पढ्नुहोस्

घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: