कतारी रियाल पुनः दिरामभन्दा बढ्यो, कति छ रिंगिट र दिनारको मूल्य

 

काठमाडौं, साउन ३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २० पैसा र विक्रि दर २८ रुपैंयाँ ३७ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९६ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १२ पैसा छ । छिमेकी मुलुकको नाकावन्दी पछि दिराम भन्दा सस्तो भएको कतारी रियालको मूल्य पुनः दिराम भन्दा बढी भएको छ ।

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ३८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५४ पैसा रहेको छ । मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ९ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको छ । रिंगिटको घट्दो मूल्य र कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको छ ।

कुवेती दिनारको खरिददर ३३९ रुपैंया ६ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ४ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ २७ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ८६ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस् 

यसकारण जान पाए उनीहरु फ्रिभिषा, फ्रिटिकटमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय