कतारको सरकारी सञ्चार माध्यम युएईले ह्याक गरेको आरोप, युएईद्धारा अस्वीकार

 

काठमाडौं,

अमेरिकी सञ्चार माध्यम वाशिंग्टन पोष्टले नाम नखुलाइएका अमेरिकी गुप्तचरहरुलाई उद्धृत गर्दै गत मे महिनाको २३ तारिखमा संयुक्त अरब एमिरेट्स सरकारका वरिष्ठ सदस्यले कतारको सरकारी सञ्चार माध्यमका वेबसाइट ह्याक गर्ने बारेमा छलफल गरेको पुष्टि गरेको दावी गरेको छ।

तर संयुक्त अरब एमिरेट्सका विदेश राज्यमन्त्री अनवर गर्गशले सोमबार बीबीसीलाई वाशिंटन पोष्टको रिपोर्ट झुटो भएको बताएका छन्।

गत मे २३ मा कतारको सरकारी समाचार संस्थाले कतारी अमिर शेख तमीम बिन हमाद अल थानीले इरानप्रतिको अमेरिकाको शत्रुभावको आलोचना गरेको, इरानलाई बेवास्ता गर्न नसकिने इस्लामवादी शक्ति भनेको र हमासलाई प्यालेस्टिनी जनताको आधिकारिक प्रतिनिधि भनेको भन्दै समाचार प्रकाशित गरेको थियो। कतारका अधिकारीले सो वेबसाइट अज्ञात मानिसले ह्याक गरेको भन्दै सो समाचार झुटो भएको बताएका थिए। त्यो समयमा कतारका अमिरले आफ्ना ती भनाइहरु झुटो भएको बताएका थिए।

संयुक्त अरब एमिरेट्स, साउदी अरेबिया, बाहरेन र इजिप्टले कतारी सञ्चार माध्यमलाई निषेध गरेका थिए र त्यसको २ हप्तापछि कतारसंग सबै सम्बन्ध तोड्दै उनीहरुले उसमाथि नाकाबन्दी लागू गरिरहेका छन्।

संयुक्त अरब एमिरेट्स का अधिकारीहरुले आफैं सो वेबसाइट ह्याक गरेको हो वा अरु कसैलाई पैसा तिरेर त्यसो गर्न लगाएको हो त्यो स्पष्ट नभएको अमेरिकी अधिकारिहरुले वाशिंग्टन पोष्टलाई बताएका छन्।

कतारले छिमेकी मुलुकले आतंकवादी भनेका मुसलिम ब्रदरहुड जस्ता केही समूहलाई सहयोग गरेको स्वीकार गरेको छ तर अल कायदा र इस्लामिक स्टेट भनिने जिहादी समूहसंग भने सम्बन्ध भएको अस्वीकार गरेको छ।  

तर संयुक्त अरब एमिरेट्सले ठूलो कूटनीतिक संकट शुरु गर्नमा भूमिका खेलेको सो ह्याकिङ आक्रमण उसले गरेको भन्ने आरोप अस्वीकार गरेको छ। विविसी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: