कतारमा विश्वकप प्रतियोगिता रोक्न साउदी, युएई लगायतका मुलुकको माग

काठमाडौं, साउन २-

अरब क्षेत्रका ६ राष्ट्रले सन् २०२२ को विश्वकप फुटबलको आयोजना कतारलाई गर्न नदिन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) लाई पत्र लेखेका छन् । आतंकवादलाई प्रश्रय दिएको आरोपमा गत महिना अरब क्षेत्रका राष्ट्रहरूले कतारसँग कूटनीतिक सम्बन्धविच्छेद गरेका थिए । साथै जल, हवाई र स्थलमार्गसमेत विच्छेद गरिएको थियो ।

साउदी अरेबिया, यमन, मौरीटानिया, युएई, बहराइन र इजिप्टले कतारलाई विश्वकप आयोजनाबाट वञ्चित गराउन भन्दै फिफालाई पत्र लेखेका हुन् । स्विट्जरल्यान्डको एक मिडियाका अनुसार अरब राष्ट्रहरूले फिफाको धारा ८५ अनुसार कतारले विश्वकप आयोजना गर्न नसक्ने दाबी गरेका छन् । उक्त धाराअनुसार संकटकालको अवस्थामा कुनै पनि देशले विश्वकप आयोजना गर्न नसक्ने उल्लेख छ ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अरब राष्ट्रले पठाएको भनिएको उक्त पत्र अहिलेसम्म नपाएको बर्ताका छन् । ‘फिफाका अध्यक्षले कतार विश्वकपको विषयमा अहिलेसम्म कुनै पनि पत्र प्राप्त गर्नुभएको छैन, उहाँले कतार विश्वकप आयोजनाको विषयमा प्रतिक्रिया पनि दिनुभएको छैन,’ फिफाका प्रवक्ताले भने, ‘फिफा र कतार विश्वकप २०२२ को स्थानीय आयोजक समितिबीच लगातार सम्पर्क भइरहेको छ । फिफाको उच्चस्तरीय समितिले विश्वकपको विषयमा उठेका प्रश्नको नजिकबाट अध्ययन गरिरहेको छ ।

यसैबीच फिफालाई अरब क्षेत्रका राष्ट्रले लेखेको पत्रको विषयमा कतारी आधिकारीले अनुसन्धान गरिरहेका छन् । कतारलाई विश्वकप आयोजनाबाट वञ्चित गराउनुपर्ने अभियानको मुख्य नेतृत्व साउदी अरबले गरेको कतारका अधिकारीले जनाएका छन् । तर, फिफालाई लेखिएको पत्रको पूर्ण विवरण अझै प्राप्त हुन नसकेको कतारले जनाएको छ । फिफालाई लेखिएको पत्रको विषयमा साउदीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यो पनि पढ्नुहोस्

कतार संकट समाधानको प्रयास, फ्रान्सेली विदेशमन्त्री साउदीमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय