कतार संकट समाधानको प्रयास, फ्रान्सेली विदेशमन्त्री साउदीमा

 

रियाद, साउन २-

कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिन साउदी अरबको मुख्य पश्चिमी सहर जेद्दाह पुगेका छन्।

गएको करिब महिनादिन भन्दा लामो समयदेखि कतारका छिमेकी मुस्लिम देशले उससँग कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि उत्पन्न भएको समस्या समाधानको प्रयास उनले गर्नेछन्।

फ्रान्सले जति सक्दो चाँडो समस्या समाधान गर्न आह्वान गर्नेछ, कतारका देशका जनता विषेशगरेर विद्यार्थी बढी मर्कामा परेका छन् यसले अरुलाई पनि दुःख दिएको ड्रिनले साउदी अरबका विदेशमन्त्री अडेल अल जुवेइरसँगको संयुक्त पत्रकार सम्मेलनमा भने। विदेशमन्त्री ड्रिनले कतारसँगको सम्बन्ध सुधार्नका लागि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन इजिप्टले छलफल थाल्नुपर्नेमा जोड दिए।

रियादको भ्रमणपछि उनी कुवेत युएइ पनि जानेछन् उनले सो भ्रमणमा विशेष गरेर छलफलबाटै सङ्कट समाधान खोज्न जोड दिनेछन्। साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले भने कतारले धेरै सम्झौता उल्लङ्घन गरेका धैरै प्रमाण रहेको दावी गरे। उनले सन् २०१३ को साउदीअरेबियासँगको सम्झौता २०१४ कोसप्लीमेन्ट्री एग्रिमेण्टखाडी मुलुकको सहकार्यका लागि गरिएको भएपनि बेवस्ता गरेको पनि बताए।

विदेशमन्त्री जुवेइरले आतङकबाद विरुद्धका सम्झौता कतारले पालना गर्नैपर्ने शर्त दोहोर्याए। चार देशले कतारसँग गत जुन तारिखदेखि नाकाबन्दी गरेका छन् ती देशहरुले नाकाबन्दी अन्त्य गर्न जुन २३ मा १३ बुदे शर्त राखेर कतारलाई पत्र पनि पठाएका थिए पत्रमा अल जाजिरा टेलिभिजन बन्द गर्नु पर्ने ईरानसँगको कूटनीतिक सम्बन्ध तोड्नुपर्ने शर्त पनि राखिएको थियो तर ती शर्त मान्न कतार अहिलेसम्म तयार भएको छैन

कतारको यो जवाफ उनीहरुलाई चित्त नबुझेपछि कतारसँगको नाकाबन्दी जारी राखिएको यस समयमा फ्रान्सका विदेशमन्त्रीको सक्रियता बढेको हो रासस

यो पनि पढ्नुहोस्

बैदेशिक रोजगारमा भलाई कोष स्थापना हुँदै, विदेशमा सहयोग गर्न व्यवसायीले आफ्नै प्रतिनिधि राख्ने

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: